डडेल्धुरामा बस दुर्घटना, १६ जनाको मृत्यु

SITENAME

 

आशिष मल्ल 
 


 डडेल्धुरा । डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस खस्दा १० जनाको घटनास्थलमा र ६ जनाको जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको हो ।


प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दुर्घटनामा १६ जनाको मृत्यु भएको पुष्टि गरे । बस सडकबाट २०० मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।

डोटीको शिखर नगरपालिका १० को पिसजोन विद्या निकेतनको बस दुर्घटनामा परेको हो । बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएकाहरुले स्कुल बस लिएर आएका थिए । मेला भरेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।

प्रतिकृया दिनुहोस
SITENAME

निर्मलाकाे न्यायको लडाइमा राजनीतिकरण, मुद्दा आफ्नो बनाउन दलहरुबीच होडबाजी

काठमाडाैं । कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्या भएकाे चार महिनाभन्दा बढी भइसकेकाे छ, तर अहिलेसम्म पनि अपराधीको पहिचान हुन

प्रदेश ५ को समृद्धिको आधार कृषि र पर्यटन :मन्त्री चौधरी

मंसिर १४ । प्रदेश ५ को समृद्धिको आधार कृषि र पर्यटन रहेको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताउनु भएको छ । प्रदेश सरकारका

SITENAME

धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

  ३० कात्तिक, कञ्चनपुर । बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका