प्रदेश ५ को समृद्धिको आधार कृषि र पर्यटन :मन्त्री चौधरी

मंसिर १४ । प्रदेश ५ को समृद्धिको आधार कृषि र पर्यटन रहेको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताउनु भएको छ । प्रदेश सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री चौधरीले आधुनिक एवं ब्यवसायिक कृषी र स्थानिय पर्यटनको विकासका लागि प्रदेश सरकार लागि परेको बताउनु भएको छ । प्रदेश ५ को पञ्चवर्षे अध्यावधिक योजना तर्जुमा सम्वन्धि सुझाव संकलन गोष्ठिलाई सम्वोधन गर्दै मन्त्री चौधरीले सो कुरा बताउनु भएको हो । उहांले स्थानिय सरकार र विद्धानहरुले दिएका सुझावहरुलाई आत्मसाथ गर्दै प्रदेश सरकार अघि बढ्ने भएकाले आफ्ना योजनाहरु अध्यावधिका लागि प्रस्तुत गरीएको बताउनु भयो । सुनवलमा भएको उक्त गोष्ठिमा नवलपरासीको बर्दघाट सुस्ता पश्चिमका सात वटै स्थानिय सरकारका प्रमुख, उपप्रमुख तथा प्रशासकिय प्रमुखहरु, जिल्लाका सुरक्षा प्रमुख, प्रशासन प्रमुख र पत्रकार तथा प्रवुद्ध ब्यक्तिहरुको सहभागिता रहेको गोष्ठिमा प्रदेश सरकारका योजना आयोगका उपाध्यक्ष प्रकाशमान श्रेष्ठले प्रदेश सरकारले अघिसारेका योजनाहरुका वारेमा जानकारी गराउनु भएको थियो । ति योजनाहरु माथि सहभागिहरुले ग्रुपमा छलफल गरी थप सुझाव दिनुका साथै आफ्नो राय समेत प्रस्तुत गरेका थिए । प्रदेश सरकारका योजना आयोगका उपाध्यक्ष प्रकाशमान श्रेष्ठको अध्यक्षता र भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम भूमि ब्यवस्था तथा कृषि मन्त्रालयका उपसचिव श्रीकृष्ण नेपालको स्वागतवाट शुरु भएको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

पुस १ देखि उदयपुरमा पर्यटन महोत्सव, जलबिहार र क्यानोनिङ मुख्य आकर्षण

  १२ कात्तिक, काठमाडौं । आगामी पुस १ गतेदेखि उदयपुरको बेलका नगरपालिकामा मैनामैनी पर्यटन महोत्सव आयोजना हुने भएको छ । नगरपालिका ७ मा सात दिनसम्म

SITENAME

बंगलादेशबाट भित्रिएको पाल्पाली ढाकाटोपी !

  विशाल सापकाेटा ९ कात्तिक, काठमाडौं । शीरमा लाउने नेपाली टोपीका बारेमा कुरा गर्दा धेरैको रोजाइमा पर्छ पाल्पाली ढाकाटोपी । त्यसो त, भादगाउँले टोपी

SITENAME

‘अब पेट्रोल पम्पजस्तै सवारी चार्जिङ स्टेशन’

‘अब पेट्रोल पम्पजस्तै सवारी चार्जिङ स्टेशन’ ८ कात्तिक, काठमाडौं । सरकारले विद्युतीय सवारीको चार्जिङ स्टेशनहरु स्थापनाका छुट्टै नीतिगत र कानुनी