पारिश्रमिक वृद्धि गर्न माग गर्दै नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक बुटवलमा कार्यरत मजदूरहरू आन्दोलनमा

SITENAME

मंसिर १४ । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक बुटवलमा कार्यरत मजदूरहरू पारिश्रमिक वृद्धि गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् । आफूहरूका माग संवोधन गर्न पटक–पटक व्यवस्थापक र सञ्चालक समितिलाई आग्रह गर्दा समेत कुनै सुनुवाई नगरेको भन्दै कर्मचारीहरूले सात बुँदे माग राख्दै हडताल गरेका छन् । हडतालका कारण विगत ६ दिन देखि कम्पनीको सम्पूर्ण काम पूर्ण रूपमा ठप्प रहेको छ । मजदूरहरूले अहिले खाइपाई आएको तलबको आधारमा ५ हजार र मंहगी भत्ता ३५ सय गरी ८ हजार पाँच सय वृद्धि गरिनुपर्ने, कम्पनीले उपलब्ध गराएका अन्य भत्ताहरु शतप्रतिशत वृद्धि हुनुपर्ने, कम्पनी भित्र क्यान्टिनको व्यवस्था, जोखिम भत्ता, आवास, कर्मचारीहरुलाई कम्पनीमा शेयर र ड्रेसको व्यवस्था गरिनुपर्ने भन्दै संघर्षमा उत्रिएका हुन् । अखिल नेपाल औद्योगिक मजदुर यूनियन नेपाल हाइड्रो इलेक्ट्रिकका अध्यक्ष भुवन गिरीले आफूहरूका माग पूरा नभए सम्म हडताल फिर्ता नहुने बताउनु भयो । सरकारको श्रम ऐन–२०७४ को दफा ११६ को उपपफा २ अनुसार हाम्रा माग छन्’ गिरीले भन्नु भयो २०७३ सालदेखि हाम्रो तलब वृद्धि भएको छैन । माग पूरा नभएसम्म हडताल जारी रहन्छ । कम्पनीको प्रमुख व्यवस्थापक भारतीय नागरिक राजेश अग्रवाल रहेका छन । उहाले कम्पनीले नेपाली कामदार प्रति कुनै सदभाव नदेखाएको मजदूरहरूको आरोप रहेको छ । समग्र उद्योग ट्रेड युनियन नेपाल नेपाल हाइड्रो इलेक्ट्रिकका अमितबहादुर आचार्य क्षेत्रीले माग पूरा नभएसम्म आफूहरूको संघर्ष जारी रहने बताउनु भयो । महंगीले श्रमजीवी मजदुरको दैनिक आवश्यकता पूरा गर्न धौ–धौ भएको छ’ उहाले भन्नु भयो प्रतिष्ठानको हित विपरित काम गरेका छैनौं । कम्पनीका अध्यक्ष रतनसंचार श्रेष्ठले मजदुरका मागहरूको विषय हेर्ने काम व्यवस्थापकको भएको भन्दै तर्किनु भयो । व्यवस्थापक अग्रवालले छलफलका लागि आफू तयार रहेको प्रतिक्रिया दिनु भयो ।

प्रतिकृया दिनुहोस
SITENAME

भविष्य निर्माण माविमा रक्तदान कार्यक्रम सम्पन्न 

पौष १ । भविश्य निर्माण माध्यमिक विद्यालय देवदह–२, ढेकावरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको ३५ औं स्थापन दिवसको अवसरमा उक्त रक्तदान

SITENAME

श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ–२०७५ सम्पन्न 

पौष १ । रुपन्देहीको देवदह नगरपालिका–४, देवीदमारमा संचालन भएको श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ–२०७५ सम्पन्न भएको छ । महायज्ञको एक

SITENAME

उद्योगको विकासले मात्र समृद्ध राष्ट्र निर्माणः सांसद न्यौपाने

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य एवम प्रदेश सांसद दधिराम न्यौपानेले उद्योग व्यवसायको विकासले मात्र समृद्ध राष्ट्र निर्माण गर्न