तानसेन–बुटवल सडकखण्ड मर्मत आजबाट, ३ दिन सवारी चलाउन रोक

SITENAME


१७ मंसिर,बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गतको तानसेन–बुटवल सडकखण्ड आजदेखि ३ दिन बन्द हुने भएको छ । आजदेखि  मंसिर १९ गतेसम्म  बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म  सडक मर्मत हुने भएपछि यो सडक खण्डको आवागमन प्रभावित हुने भएको हो ।

तानसेन–बुटवल सडक खण्डको भुतखोलादेखि बुटवलको चिडियाखोलासम्मको सडकमा रहेका ढंगा फुटाएर हटाउनुपर्ने भएकाले मंसिर १७ देखि १९ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म बाटो बन्द रहने सडक डिभिजन कार्यालय, पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिए ।


अत्यावश्यकीय एम्बुलेन्सलगायतका सवारी साधनलाई भने यो नियम लागू हुनेछैन । निर्वाध चल्न पाउनेछन् ।

सडक डिभिजन कार्यालयले आवागमनमा असुविधा हुने भएकाले वैकल्पिक उपाय सोच्न  सबैमा आग्रह गरेको छ ।

यो सडकखण्डको अवस्था दयनीय भए पनि लामो समयदेखि स्तरोन्नति हुन सकेको छैन । सडकको दूरावस्थाकै कारण १५—२० जना यात्रुहरुको सवारी दुर्घटनामा परी बर्सेनि ज्यान जाने गरेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

भविष्य निर्माण माविमा रक्तदान कार्यक्रम सम्पन्न 

पौष १ । भविश्य निर्माण माध्यमिक विद्यालय देवदह–२, ढेकावरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको ३५ औं स्थापन दिवसको अवसरमा उक्त रक्तदान

SITENAME

श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ–२०७५ सम्पन्न 

पौष १ । रुपन्देहीको देवदह नगरपालिका–४, देवीदमारमा संचालन भएको श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ–२०७५ सम्पन्न भएको छ । महायज्ञको एक

SITENAME

उद्योगको विकासले मात्र समृद्ध राष्ट्र निर्माणः सांसद न्यौपाने

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य एवम प्रदेश सांसद दधिराम न्यौपानेले उद्योग व्यवसायको विकासले मात्र समृद्ध राष्ट्र निर्माण गर्न