बुटवलबाट २५ किलो चरेस सहित चार जना पक्राउ

SITENAME

 

१७ मंसिर, बुटवल । बुटवल प्रहरीले २५ किलोग्राम चरेससहित  चार जनालाई पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय प्रदेश ५ दाङबाट खटिएको प्रहरीको बिशेष टोली र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त प्रहरीको टोलीले बुटवल उपमहानगरपालिका -९ इँटा भट्टीबाट शनिबार राति १० बजे उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जाजरकोटका ४४ वर्षीय तिलक पुन, २८ वर्षीय टोपेन्द्र बोहरा, २८ वर्षीय प्रेम विक र बुटवल उपमहानगरपालिका- ११ का ४० वर्षीय दिपेन्द्र घर्ती रहेका छन् । प्रहरीले तिलक, दिपेन्द्र र टोपेन्द्रबाट ६र६ किलो र प्रेमबाट ७ किलो गरी २५ किलो चरेस बरामद गरेको हो । बुटवल क्षेत्रमा लागूऔषध चरेसको कारोबार हुँदैछ भन्ने विशेष सुराकीको आधारमा चारै जनाको झोला खानतलासी गर्दा २५ किलोग्राम चरेस बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उनीहरूले आधारआधा किलोग्रामका ५० लाप्सा बनाइ बाँडेर झोलामा राखेको अवस्थामा बरामद गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।

प्रतिकृया दिनुहोस
SITENAME

भविष्य निर्माण माविमा रक्तदान कार्यक्रम सम्पन्न 

पौष १ । भविश्य निर्माण माध्यमिक विद्यालय देवदह–२, ढेकावरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको ३५ औं स्थापन दिवसको अवसरमा उक्त रक्तदान

SITENAME

श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ–२०७५ सम्पन्न 

पौष १ । रुपन्देहीको देवदह नगरपालिका–४, देवीदमारमा संचालन भएको श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ–२०७५ सम्पन्न भएको छ । महायज्ञको एक

SITENAME

उद्योगको विकासले मात्र समृद्ध राष्ट्र निर्माणः सांसद न्यौपाने

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य एवम प्रदेश सांसद दधिराम न्यौपानेले उद्योग व्यवसायको विकासले मात्र समृद्ध राष्ट्र निर्माण गर्न