निर्मलाकाे न्यायको लडाइमा राजनीतिकरण, मुद्दा आफ्नो बनाउन दलहरुबीच होडबाजी

SITENAME


काठमाडाैं । कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्या भएकाे चार महिनाभन्दा बढी भइसकेकाे छ, तर अहिलेसम्म पनि अपराधीको पहिचान हुन सकेको छैन । निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै दिनहुँ प्रर्दशन हुने गरेका छन् ।

निर्मलालाई न्याय माग्दै यतिखेर विभिन्न राजनीति दलहरू पनि संलग्न भएको पाइएको छ । सुरुमा जनस्तरबाट स्वस्फूर्तमा रुपमा सुरु भएकाे याे न्यायकाे अान्दाेलनमा अहिले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसदेखि नयाँ शक्ति, विवेकशील साझा, विप्लव नेतृत्वको माओवादीलगायतका राजनीतिक दलहरू संलग्न भएको देखिन्छ । र्निमलाको न्यायको मुद्दामा राजनीतिकरण भइरहेको छ । यसले गर्दा मुद्दा नै कमजाेर हुने आशंका पनि बढ्दै गएको छ । सरकारले न्याय माग्दा सडकमा उत्रिनेहरूमाथि सरकारले दमन र धरपकड गर्नु पोस्टर च्यात्नु यसैको संकेत हो ।

 

अाइतबार पनि निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै देशका विभिन्न ठाँउमा प्रदर्शन भयाे । बागलुङमा निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै महिलाहरु सडकमै सुतेका छन् । नेपाली कांग्रेसनिकट नेपाल महिला संघको अगुवाईमा सदरमुकामस्थित बाघचोकमा भेला भएका झण्डै दुई सय महिला सडकमै सुतेका हुन् ।

चिसो भूइँमा झण्डै एकघण्टा सुतेका महिलाले निर्मला पन्तको फोटोसहितको व्यानर छातीमा टाँसेका थिए। सबै महिलाले टाउकोमा कालोपट्टीसमेत बाँधेर विरोध गरेका थिए। ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने नारा लेखिएको ब्यानर र पोस्टर लिएर उनीहरुले दोषीलाई पक्राउ गर्न माग गरेका थिए।

सडकमै सुत्ने कार्यक्रममा ७० वर्षीयादेखि १५ वर्षीया किशोरीहरु पुगेका थिए। उनीहरुको मागको समर्थनमा कांग्रेससहितका अन्य राजनीतिक दलका नेता, नेपाल ट्रेड युनियन कांग्रेसका पदाधिकारी, कार्यकर्ता, अधिकारकर्मी तथा नेविसंघका कार्यकर्ता सहभागी थिए। उनीहरुको विरोधले सडकको आवागमन अवरुद्ध भएको थियो।

त्यस्तै अाइतबार नै निर्मला पन्तको हत्यारालाई सार्वजनिक गरी कारबाहीको माग गर्दै विप्लव नेतृत्वको नेकपाले कञ्चनपुरमा विरोध प्रर्शन गर्याे । निर्मलाको हत्यारालाई सरकारले नै संरक्षण गरेको भन्दै विप्लव समूहले तत्काल कारबाही गर्न माग गरेका छन् ।

निर्मलाको हत्या भएको ४ महिना वितिसक्दा समेत सरकारले कुनै पनि अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै उनीहरुले सरकारको विरोध गरेका हुन् । घटनामा सरकारी पक्षकै संलग्नता रहेको भन्दै विप्लव माअाेवादीले महाकाली संयोजक वीरेन्द्र शाहीले हत्यारलाई तत्काल कारबाही गरिनुपर्ने बताए । विरोध प्रर्दशनमा विद्यार्थी, राजनीतिक दल, नागरिक संर्घष समिति, अधिकारकर्मी लगायतले ऐक्यबद्धता जनाएका थिए ।

पुरानो जिल्ला प्रशासन कार्यालय भवनदेखि सुरु जुलुसले नाराबाजीसहित महेन्द्रनगर बजार परिक्रमा गरेको थियो । प्रदर्शनमा महेन्द्रनगरस्थित विभिन्न स्कुल र कलेजका विद्यार्थीसमेत सहभागी थिए ।

निर्मलाको लागि न्याय माग्दै शनिबार पनि माइतीघरमा प्रदर्शन भएको थियो । प्रदर्शनकारीले बलात्कारीलाई फाँसीको माग गर्दै चर्को नारावाजी गरेकाे थिए । प्रदर्शनकारीले  गृहमन्त्रीको राजिनामासमेत माग गरेका थिए । प्रदर्शनमा विबेकशील साझाको तर्फबाट उज्वल थापा, रन्जु दर्शना तथा नयाँ शक्ति पार्टीको तर्फबाट मानुसी यामी भट्टराईलगायत विभिन्न क्षेत्रका व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियाे ।

गत साउन १० गते ‘होमवर्क’ गर्न साथीको घर गएकी कञ्चनपुर भीमदत्त नगरपालिका–२ की निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो।

Source:- news24nepal.tv

प्रतिकृया दिनुहोस

प्रदेश ५ को समृद्धिको आधार कृषि र पर्यटन :मन्त्री चौधरी

मंसिर १४ । प्रदेश ५ को समृद्धिको आधार कृषि र पर्यटन रहेको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताउनु भएको छ । प्रदेश सरकारका

SITENAME

डडेल्धुरामा बस दुर्घटना, १६ जनाको मृत्यु

  आशिष मल्ल     डडेल्धुरा । डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । डा. केआई सिंह राजमार्गअन्तर्गत

SITENAME

धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

  ३० कात्तिक, कञ्चनपुर । बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका