देवदहमा ५ वर्षीया बालिकाको सामूहिक बलात्कार, ६ जना पक्राउ बालिकाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार हुँदै

SITENAME


२२ मंसिर, बुटवल । महिला हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहेका बेला रूपन्देहीमा ५ वर्षीया बालिका सामूहिक रुपमा बलात्कृत भएकी छन् ।

देवदह नगरपालिकास्थित खैरेनी बजारकी दलित बालिकामाथि शुक्रबार राति सामूहिक बलात्कार भएको हो ।


बालिकाकी आमा सुत्केरी बस्न माइत गएको र घरमा बुवा पनि नभएका बेला घरनजिकैको टहरोमा बालिकाको बलात्कार भएको  हो ।

बलात्कृत बालिकाको अहिले बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बालिका बलात्कार आरोपमा प्रहरीले ६ जना स्थानीय युवालाई पक्रेको छ । नियन्त्रणमा लिइएका ६ मध्ये देवदह नगरपालिका– ६ का २२ वर्षीय लक्ष्मण विक र देवदह–७ का १८ वर्षीय जीवन खत्रीले बलात्कार गरेको स्वीकारेका छन् ।

अन्य ४ जनामाथि पनि अहिले अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घर्तीमगरले जानकारी दिए । ‘पक्राउ परेका २ ले अपराध स्वीकारिसकेका छन्’, प्रहरी निरीक्षक घर्तीमगरले भने, ‘अन्य ४ जनासँग पनि अनुसन्धान भइरहेको छ ।’

प्रतिकृया दिनुहोस
SITENAME

ईप्सा रुपन्देहीद्धारा आयोजित ईप्सा खेलकुद सप्ताह–२०७५ शुरु

माघ २ । निजी क्षेत्रले शिक्षामा गरेको लगानी सुरक्षित गर्न राज्य प्रतिवद्ध रहेको प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ । पुर्वी

SITENAME

मगर युवा संघ देवदहद्धारा माघेसंक्रान्ति मनायो

पौष ३० । एकिकृत स्वायत्त मगरात विना मगरहरुको अधिकार स्थापित हुन नसक्ने नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष दलबहादुर विरकट्टाले बताउनु भएको छ । उहाले

SITENAME

नगरस्तरीय सुपर्वेक्षण समितिद्धारा विकास निर्माणका कामको अवलोकन

पौष ३० । देवदह नगरपालिकाको नगरस्तरीय अनुगमन तथा सुपर्वेक्षण समितिले विकास निर्माणका कामको अवलोकन गरेको छ । देवदह नगरपालिका भित्र संचालन भएको आर्थिक