मातृभाषा, संरक्षण र सम्वद्र्धन आवश्यकः सांसद विश्वकर्मा

SITENAME

पौष १५ । मातृ भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्दै समाज रुपान्तरणमा सवै लाग्नु पर्ने प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ । उहाले एक आपसमा सदुभाव कायम गर्दै अगाडि बढ्नु अहिलेको आवश्यक रहेकोमा जोड दिनु भयो । तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद देवदहद्धारा तमु ल्होसारको अवसरमा कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । नेपाल कम्यूनिष्ट पार्टीका स्थायी कमिटी सदस्य समेत रहनु भएका सांसद विश्वकर्माले तमु समाजको लागि आफु सदैव लागि पर्ने बताउदै तमुहरुले उठाउदै आएको सार्वजनिक विदा कटौतीको वारेमा सरकार संग समन्वय गर्ने बताउनु भयो । उहाले जनताले प्रत्यक्ष प्रत्याभू ितगर्ने गरी सरकार लागिपरेको दावी गर्नु भयो । उहाले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने काममा सरकार लागिपरेको बताउदै लोकतान्त्रिक संविधानले आमनागरिकको अधिकार सुनिश्चित गरेको बताउनु भयो । सोही अवसरमा बोल्दै प्रदेश ५, का सांसद डा. कृष्णप्रसाद न्यौपानेले मातृभाषा संरक्षण र सम्वद्र्धनको विद्यालय स्तरबाट नै पहल गर्नुपर्नेमा जोड दिनु भयो । उहाले देवदह पर्यटकीय संभावना बोकेको क्षेत्र भएकोले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा गर्न मातृभाषाले सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले आमनागरिकको अधिकार संरक्षण गर्न नगरपालिका प्रतिवद्ध रहेको बताउनु भयो । उहाले लहोसार तमुहरुको मात्र नभई राष्ट्रको पर्व भएकाले यसको संरक्षणमा सवै लाग्नु पर्नेमा जोड दिनु भयो । मातृभाषा संरक्षण र सम्वद्र्धनको लागि सम्वन्धीत संघसंस्था संग समन्वय र सहकार्य गर्न नगरपालिका तयार रहेको बताउनु भयो । परिषदका अध्यक्ष टौंबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, केन्द्रिय सल्लाहकार भिमप्रसाद तमु, माओवादी क्रान्तिकारीका ऋषिराम लामिछाने, देवदह मदरटङ्गस एकेडेमीका रामबहादुर गुरुङ्ग, नेपाल मगर संघका खरसिं श्रीष, देवदह उद्योग बाणिज्य संघका गोपाल ढकाल, टेकबहादुर थापा, खोमबहादुर सिंह ठकुरी, डम्वरबहादुर थापा लगायतले बोल्दै संविधानमा सम्पूर्ण नेपालीहरुको सार्वभौसत्ता सम्पन्न भनिएपनि नेपालका आदिवासी जनजातिहरु सार्वभौम हुन नसकेको बताएका थिए । देवदहको खैरेनीबाट शुरु भएको ¥याली शितलनगरमा पुगेर सभामा परिणत भएको थियो । उपाध्यक्ष बमबहादुर गुरुङ्गको स्वागत र देवराज गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

ईप्सा रुपन्देहीद्धारा आयोजित ईप्सा खेलकुद सप्ताह–२०७५ शुरु

माघ २ । निजी क्षेत्रले शिक्षामा गरेको लगानी सुरक्षित गर्न राज्य प्रतिवद्ध रहेको प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ । पुर्वी

SITENAME

मगर युवा संघ देवदहद्धारा माघेसंक्रान्ति मनायो

पौष ३० । एकिकृत स्वायत्त मगरात विना मगरहरुको अधिकार स्थापित हुन नसक्ने नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष दलबहादुर विरकट्टाले बताउनु भएको छ । उहाले

SITENAME

नगरस्तरीय सुपर्वेक्षण समितिद्धारा विकास निर्माणका कामको अवलोकन

पौष ३० । देवदह नगरपालिकाको नगरस्तरीय अनुगमन तथा सुपर्वेक्षण समितिले विकास निर्माणका कामको अवलोकन गरेको छ । देवदह नगरपालिका भित्र संचालन भएको आर्थिक