शिक्षाको विकासले मात्र समृद्ध राष्ट्र उपप्रमुख गुरुङ्ग

SITENAME

पौष १६ । शिक्षाको विकासले मात्र समृद्ध राष्ट्र निर्माण गर्न सकिने देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताउनु भएको छ । उहाले देवदह क्षेत्रमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरुलाई एकरुपता ल्याउन नगरपालिकाले शिक्षा अनुगमन समिति गठन गरेको बताउनु भयो । उहाले बेला बेलामा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागि गराउन सके विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्न सकिनेमा जोड दिनु भयो । नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाको आयोजना, नेपाल युवा रेडक्रस सर्कल देवदह माध्यमिक विद्यालयको आतिथ्यतामा भएको उपशाखा स्तरीय निवन्ध लेखन प्रतियोगिता कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । नगर उपप्रमुख गुरुङ्गले रेडक्रसले आयोजना गर्ने हरेक कार्यक्रमलाई सहयोग गर्न नगरपालिका तयार रहेको बताउनु भयो । उहाले नगरपालिका र रेडक्रस मिलेर संयुक्त कार्ययोजना निर्माण गरी अगाडि बढ्न सके असहाय, विपन्न बर्ग, पिडितलाई सहयोग गर्न सकिनेमा जोड दिनु भयो । नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाका सभापति कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा देवदह माविका अध्यक्ष जगन्नाथ अधिकारी, न्यू नमुना बोडिङ्ग स्कुलका होमनाथ ढुंगाना, देवदह व्यापार संघका कोषबहादुर गुरुङ्ग, समाजसेवी दुर्गाप्रसाद पौडेल, स्वास्थ्यकर्मी ईश्वरी ढुंगाना, सरस्वती माविका शोभाखर पाण्डे, ग्रिनप्लान्ट माविका धनमाया शर्मा लगायतले बोल्दै रेडक्रसको माध्यमबाट मानवीय सेवा गर्न सकिनेमा जोड दिएका थिए । मानवीय सेवामा स्वयमसेवी भावना विषयक निवन्ध लेखन प्रतियोगितामा देवदह मदरटङ्गस एकेडेमीका आकृति गुरुङ्ग प्रथम, जनता माविका भगवती लम्साल द्धितिय, ग्रिनप्लान्ट माविका शालिकराम ढकाल तृतिय र सगरमाथा माविका अस्मित रेग्मी सान्त्वना भएको छ । शिक्षक पर्शुराम न्यौपानेको स्वागत र शिक्षक दिपक अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

ईप्सा रुपन्देहीद्धारा आयोजित ईप्सा खेलकुद सप्ताह–२०७५ शुरु

माघ २ । निजी क्षेत्रले शिक्षामा गरेको लगानी सुरक्षित गर्न राज्य प्रतिवद्ध रहेको प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ । पुर्वी

SITENAME

मगर युवा संघ देवदहद्धारा माघेसंक्रान्ति मनायो

पौष ३० । एकिकृत स्वायत्त मगरात विना मगरहरुको अधिकार स्थापित हुन नसक्ने नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष दलबहादुर विरकट्टाले बताउनु भएको छ । उहाले

SITENAME

नगरस्तरीय सुपर्वेक्षण समितिद्धारा विकास निर्माणका कामको अवलोकन

पौष ३० । देवदह नगरपालिकाको नगरस्तरीय अनुगमन तथा सुपर्वेक्षण समितिले विकास निर्माणका कामको अवलोकन गरेको छ । देवदह नगरपालिका भित्र संचालन भएको आर्थिक