देवदह–१, र सुनवल–८, जोड्ने पुलको उद्घाटन 

SITENAME

पौष १७ । रुपन्देहीको देवदह नगरपालिका–१, र नवलपरासीको सुनवल नगरपालिका–८, जोड्ने छोड्की खोलामा निर्माण भएको पुलको उद्घाटन गरिएको छ । पुलको प्रदेश ५ का सांसद डा. कृष्णप्रसाद न्यौपानेले एक कार्यक्रमका वीच उद्घाटन गर्नु भएको छ । आर्थिक बर्ष २०७४÷०७५ को देवदह नगरपालिकाको १० लाख, सुनवल नगरपालिकाको १० र स्थानीय उपभोक्ताहरुको ४ लाख ५२ हजार गरी २४ लाख ५२ हजारमा उक्त पुल निर्माण कार्य सम्पन्न भएको हो । पुल निर्माण संगै सुनवल–८, र देवदह–१, स्थानीयवासीहरुलाई आवत जावतमा सहज भएको छ । पुल निर्माण नहुदा स्थानीयवासीले कष्ट भोग्दै आएका थिए । पुल निर्माण संगै सुनवलको अरनीको वस्ती, रामापुर, धरमपुर, १० कठ्ठा तथा पर्यटकीय स्थल पण्डितपुर जान सहज हुने स्थानीयवासीहरुको भनाई रहेको छ । सो अवसरमा बोल्दै प्रदेश सांसद डा. न्यौपानेले पुल निर्माण संगै उक्त बाटोलाई कालोपत्रे गर्न आफुले प्रदेश सरकार संग पहल गर्ने बताउनु भयो । उहाले पुल निर्माण संगै दुवै जिल्लाका स्थानीयवासीहरुलाई आवतजावत गर्न सहज हुनेमा जोड दिनु भयो । सांसद न्यौपानेले तिनै तहको सरकार अहिले विकास निर्माणको कामलाई तिव्रता दिईरहेको बताउदै विकास निर्माणमा स्थानीयवासीहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनु भयो । सरकारले विकास गर्ने विकास निर्माणमा स्थानीय उपभोक्ताहरुको सहयोग विना सम्पन्न हुन नसक्ने उहाले बताउनु भयो । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रममा सुनवल–८, का वडाअध्यक्ष निलकण्ठ गैरे, देवदह–१, का वडाअध्यक्ष रमेश भूषाल, देवदह–२, का वडाअध्यक्ष धर्मागत पाण्डे, समाजसेवी बोधराज गौडेल, देवदह नगरपालिकाका ईन्जिनियर सुमन थापा लगायतले पुल निर्माण संगै विकासले गति लिएको बताएका थिए । समाजसेवी लक्ष्मी पंगेनीको स्वागत र रामबहादुर पराजुलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

ईप्सा रुपन्देहीद्धारा आयोजित ईप्सा खेलकुद सप्ताह–२०७५ शुरु

माघ २ । निजी क्षेत्रले शिक्षामा गरेको लगानी सुरक्षित गर्न राज्य प्रतिवद्ध रहेको प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ । पुर्वी

SITENAME

मगर युवा संघ देवदहद्धारा माघेसंक्रान्ति मनायो

पौष ३० । एकिकृत स्वायत्त मगरात विना मगरहरुको अधिकार स्थापित हुन नसक्ने नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष दलबहादुर विरकट्टाले बताउनु भएको छ । उहाले

SITENAME

नगरस्तरीय सुपर्वेक्षण समितिद्धारा विकास निर्माणका कामको अवलोकन

पौष ३० । देवदह नगरपालिकाको नगरस्तरीय अनुगमन तथा सुपर्वेक्षण समितिले विकास निर्माणका कामको अवलोकन गरेको छ । देवदह नगरपालिका भित्र संचालन भएको आर्थिक