नवनिर्वाचिन पदाधिकारीद्धारा सपथ ग्रहण

SITENAME

पौष १७ । देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको शपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । संस्थाको दोश्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी सदस्यहरुलाई एक कार्यक्रमका वीच सपथ ग्रहण तथा पदस्थापना गरिएको हो । निर्वाचन मण्डलका संयोजक डासीराम पाण्डेको अध्यक्षता र प्रदेश ५ का प्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य न्यौपानेले आमउपभोक्ताहरुलाई सहज र सरल तरिकाले पानी उपलव्ध गराउन खानेपानी संस्थाका पदाधिकारीहरु लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले खानेपानीको विकासको लागि आफुले प्रदेश तथा संघीय सरकारमा पहल गर्ने बताउनु भयो । उहाले स्वच्छ खानेपानी खानपाउनु आमउपभोक्ताहरुको अधिकार भएकोले स्वच्छ खानेपानीको लागि सवै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले निर्वाचनको समयमा जो जता लागेपनि अवका दिनमा खानेपानीको विकासको लागि देवदहमा रहेका राजनैतिक दल, विभिन्न संघसंस्था एकतावद्ध भएर लाग्नु पर्ने बताउनु भयो । सोही अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष गुमानसिं कुवरले खानेपानीको विकासको लागि आफुहरु कतिवद्ध भएर थप योजनाका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले निर्वाचनको बेलामा आमउपभोक्ताहरु समक्ष गरेको प्रतिवद्धता कार्यान्वयन गर्दे जाने दावी गर्नु भयो । कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी नेकपाका नेता ऋषिराम सापकोटा, नेपाली काग्रेसका नेता वासुदेव रिमाल, देवदह–६,का वडाअध्यक्ष दामोदर क्षेत्री, देवदह आदर्श बहुमुखी क्याम्पसका जयकिशन अधिकारी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । निर्वाचन मण्डलका सदस्य दुर्गानारायण डुम्रेको स्वागत र मेघराज पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस
SITENAME

ईप्सा रुपन्देहीद्धारा आयोजित ईप्सा खेलकुद सप्ताह–२०७५ शुरु

माघ २ । निजी क्षेत्रले शिक्षामा गरेको लगानी सुरक्षित गर्न राज्य प्रतिवद्ध रहेको प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ । पुर्वी

SITENAME

मगर युवा संघ देवदहद्धारा माघेसंक्रान्ति मनायो

पौष ३० । एकिकृत स्वायत्त मगरात विना मगरहरुको अधिकार स्थापित हुन नसक्ने नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष दलबहादुर विरकट्टाले बताउनु भएको छ । उहाले

SITENAME

नगरस्तरीय सुपर्वेक्षण समितिद्धारा विकास निर्माणका कामको अवलोकन

पौष ३० । देवदह नगरपालिकाको नगरस्तरीय अनुगमन तथा सुपर्वेक्षण समितिले विकास निर्माणका कामको अवलोकन गरेको छ । देवदह नगरपालिका भित्र संचालन भएको आर्थिक