चन्द्रागिरी डाँडोमा विश्वकप क्रिकेटको ट्रफी

SITENAME

 


११ कात्तिक, काठमाडौं । शुक्रबार नेपाल ल्याइएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेटको ट्रफी चन्द्रागिरीमा सार्वजनिक गरिएको छ ।

आइतबार बिहान नेपाली क्रिकेट टोलीका पूर्वकप्तानद्वय उत्तम कर्माचार्य र पवन अग्रवालले ट्रफी सार्वजनिक गरेका हुन् ।


चन्द्रागिरीमा ट्रफीलाई त्यहाँ केहीबेर राखेर आजै प्रधानमन्त्री र सर्वसाधारणलाई समेत  देखाइने कार्यतालिका रहेको छ ।.

यही ट्रफीलाई भोलि बसन्तुपर लगिने कार्यक्रम छ । यसअघि  शनिबार पोखरामा ट्रफी प्रदर्शन भइसकेको छ ।

शुक्रबार नेपाल ल्याइएको ट्रफीलाई ४ दिन नेपालमा राखेर सोमबार भारत लगिने आइसीसीले जनाएको छ ।


निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गर्न लागिएकाे विश्वकप क्रिकेटको ट्रफी नेपालमा पहिलोपटक ल्याइएको हो । फुटबलको ट्रफी भने नेपालमा ल्याइसकिएको छ ।.

एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट शुरु भई ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश हुँदै नेपाल ल्याइएको थियाे ।

ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसीसीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

यु-१९ महिला फुटबलमा नेपालले पाकिस्तानलाई हान्यो ९ गोल

११ कात्तिक, काठमाडौं । एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले पाकिस्तानलाई ९-० ले हराएको छ । आइतबार थाइल्याण्डमा भएको खेलमा नेपालकी मञ्जली

SITENAME

.कुशल लिम्बु : जो दुबै खुट्टा नहुँदा पनि दौडन्छन्

    ९ कात्तिक, काठमाडौं । कुशल लिम्बु अर्थात् बेलायती सेनाको सेकेण्ड गोरखा राइफल्सका २११७०६६७ । तर, उनले अहिले यो परिचय फेरेका छन् । अफगानिस्तानमा

SITENAME

विनोदको विष्फोटक ब्याटिङसँगै पोखरा पल्टनको सुखद सुरुवात

  ९ कात्तिक, काठमाडौं । विनोद भण्डारीको विस्फोटक ब्याटिङको मदतमा पोखरा पल्टनले पोखरा पि्रमियर लिग -पीपीएल) क्रिकेटमा सुखद सुरुवात गरेको छ । पोखरा