ग्यालेक्सी ए नाइन एस ल्याउँदै सामसुङ, यी हुनेछन् फिचर्स

SITENAME

 

.  

सामसुङले आफ्ना ग्यालेक्सी ए सिरिजको नयाँ फ्याब्लेट लञ्च गर्दैछ । अक्टोबर २४ बुधबार चीनमा एक विशेष कार्यक्रमबीच सामसुङले ग्यालेक्सी ए नाइन एस सार्वजनिक गर्न लागेको हो ।

सामसुङले जारी गरेको एक आधिकारिक पोष्टरअनुसार ग्यालेक्सी ए नाइन एस लञ्च गर्न चीनको शियानमा विशेष समारोहको आयोजना गरिनेछ ।


ग्यालेक्सी ए नाइन एस सामसुङको यस्तो पहिलो स्मार्टफोन हुनेछ, जसमा चारवटा रियर क्यामरा हुनेछन् ।

स्मरण रहोस् सामसुङले आफ्नो ग्यालेकसी ए नाइन स्मार्टफोन केही अघि भारतमा लञ्च गरेको थियो ।

के के छन् फिचर्स ?

चीनमा सार्वजनिक गरिने ग्यालेक्सी ए नाइन एसमा ६.३ इन्चको सुपर एमोलेड स्त्रिmन हुनेछ । यसमा १०८० गुणा २२२० पिक्सेल रिजोलुसन रहनेछ ।

स्मार्टफोनमा २.२ गिगाहर्ज अक्टाकोर क्वालकोम स्न्यापड्रागन ६६० प्रोसेसर रहनेछ भने एन्ड्रोइड ८.१ ओरियो अपरेटिङ सिस्टमबाट चल्नेछ ।
कम्पनीले ए नाइन एसका ८ तथा ६ जिबी र्याम भएका दुईवटा मोडेल ल्याउँदैछ । दुबैमा इन्टर्नल स्टोरेज १२८ जिबी छ भने त्यसलाई माइक्रो एसडी कार्डबाट ५१२ जिबीसम्म बढाउन सकिन्छ ।

क्यामराको कुरा गर्दा यसमा निकै नै उत्कृष्ट सेल्फी क्यामरा छ । फ्रन्ट क्यामरा २४ मेगापिक्सेलको छ ।

ब्याक अर्थात् रियर क्यामरा झनै विशेष छ । किनकी मुख्य क्यामरा नै चारवटा रहेका छन् । त्यसमा एउटा २४ मेगापिक्सेल प्राइमरी सेन्सर, दोश्रो १० मेगापिक्सेलको २ गुणा अप्टिकल जूमवाला टेलिफोटो क्यामरा, तेश्रो ८ मेगापिक्सेल अल्ट्रा वाइड लेन्स र चौथो ५ मेगापिक्सेल डेप्थ लेन्सयुक्त क्यामरा रहेका छन् ।

यो स्मार्टफोनको पछाडिको भागमा फिंगरप्रिन्ट रिडर रहेको छ । यसलाई सुरक्षाको दृष्टिले निकै नै प्रभावकारी मानिएको छ । यसमा ३८०० मिली एम्पियर आवर क्षमताको ब्याट्री छ ।

प्रतिकृया दिनुहोस
SITENAME

गुगलको न्यूज एपमा भाइरस, एकैदिनमा २४ जिबी डाटा च्वाट्

  . गुगलको न्यूज एपमा एक बगले आक्रमण गरेसँगै प्रयोगकर्ता प्रभावित भएका छन् । भाइरसको आक्रमणका कारण गुगल न्यूज एप चलाउने स्मार्टफोन प्रयोगकर्ताको

SITENAME

अब एन्ड्रोइडमा गुगल एपका लागि पैसा तिर्नुपर्ने

       गुगलको नयाँ निर्णय अनुसार अब एन्डोइड फोन निर्माताहरुले आफ्ना हरेक डिभाइसमा गुगल एपको प्रयोगका लागि शुल्क तिर्नुपर्ने भएको छ । युरोपमा

SITENAME

‘अब पेट्रोल पम्पजस्तै सवारी चार्जिङ स्टेशन’

  ८ कात्तिक, काठमाडौं । सरकारले विद्युतीय सवारीको चार्जिङ स्टेशनहरु स्थापनाका छुट्टै नीतिगत र कानुनी व्यवस्था गरेर अघि बढ्नुपर्ने देखिएको छ ।