गुगलको न्यूज एपमा भाइरस, एकैदिनमा २४ जिबी डाटा च्वाट्

SITENAME

 

.

गुगलको न्यूज एपमा एक बगले आक्रमण गरेसँगै प्रयोगकर्ता प्रभावित भएका छन् ।

भाइरसको आक्रमणका कारण गुगल न्यूज एप चलाउने स्मार्टफोन प्रयोगकर्ताको मोबाइल डाटा निकै तिव्र गतिमा खपत भएको छ । कतिपय प्रयोगकर्ताहरुमा ६ महिना देखिनै यो समस्या देखिँदै आएको बताइएको छ । गुगलको न्यूज एपले अत्यधिक धेरै ब्याकग्राउण्ड डाटाको खपत गर्ने गरेको प्रयोगकर्ताको गुनासो छ ।


द भर्जमा छापिएको रिपोर्ट अनुसार गुगल न्यूज हेल्प फोरममा समेत एपमा छिरेको बगका बारेमा गुनासो गरिएको थियो ।

स्मरण रहोस् गत मे महिनामा यो न्यूज एप लञ्च भएको थियो र त्यहीँ बेलादेखि नै प्रयोगकर्ताले अत्यधिक डाटा खपतको समस्या झेल्दै आएका छन् । गुगलले सेप्टेम्बरमा यो समस्या समाधान गर्ने बताएको थियो । तर अहिलेसम्म पनि गुगल न्यूज एपका प्रयोगर्काहरु मोबाइल डाटा रित्तिने समस्याको सिकार बनिरहेका छन् ।

रिपोर्ट अनुसार जब प्रयोगकर्ताले स्मार्टफोनमा Download via wifi मोड अन गर्दछन् ब मोबाइल डाटाको खपत झनै तीव्र बन्दछ । कहिलेकाहिँ त प्रयोगकर्ताले पत्तै नपाइकन एक दिनमा २४ जीबीसम्म डाटा खपत भएको गुनासो गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

ग्यालेक्सी ए नाइन एस ल्याउँदै सामसुङ, यी हुनेछन् फिचर्स

  .   सामसुङले आफ्ना ग्यालेक्सी ए सिरिजको नयाँ फ्याब्लेट लञ्च गर्दैछ । अक्टोबर २४ बुधबार चीनमा एक विशेष कार्यक्रमबीच सामसुङले ग्यालेक्सी ए नाइन

SITENAME

अब एन्ड्रोइडमा गुगल एपका लागि पैसा तिर्नुपर्ने

       गुगलको नयाँ निर्णय अनुसार अब एन्डोइड फोन निर्माताहरुले आफ्ना हरेक डिभाइसमा गुगल एपको प्रयोगका लागि शुल्क तिर्नुपर्ने भएको छ । युरोपमा

SITENAME

‘अब पेट्रोल पम्पजस्तै सवारी चार्जिङ स्टेशन’

  ८ कात्तिक, काठमाडौं । सरकारले विद्युतीय सवारीको चार्जिङ स्टेशनहरु स्थापनाका छुट्टै नीतिगत र कानुनी व्यवस्था गरेर अघि बढ्नुपर्ने देखिएको छ ।