यु-१९ महिला फुटबलमा नेपालले पाकिस्तानलाई हान्यो ९ गोल

SITENAME

११ कात्तिक, काठमाडौं । एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले पाकिस्तानलाई ९-० ले हराएको छ ।

आइतबार थाइल्याण्डमा भएको खेलमा नेपालकी मञ्जली कुमारीले दोस्रो मिनेटमा नै गोल गर्दै अग्रता दिलाएकी थिइन् । नेपालका लागि निशा थोकरले हृयाटि्रक गरिन् । पूजा रानाले दुई र सम्झना लावती, एलिसा जिम्बा र सरु लिम्बुले एक/एक गोल गरे ।


नेपालले यसअघि शुक्रबार भारतलाई २-० ले हराएको थियो । पहिलो खेलमा भने नेपाल थाइल्याण्डसँग ३-० ले हारेको थियो । छनोट प्रतियोगिताको समूह बीमा नेपालसँगै थाइल्याण्ड, भारत, सिंगापुर र पाकिस्तान छन् ।

दोस्रो चरण प्रवेशका लागि आइतबार नै हुने थाइल्याण्ड र भारतबीचको खेलको प्रतीक्षामा नेपाल रहेको छ । थाइल्याण्डले भारतलाई हराएमा वा खेल बराबरी भएमा नेपाल दोस्रो चरणमा प्रवेश गर्ने छ ।

प्रतिकृया दिनुहोस
SITENAME

.कुशल लिम्बु : जो दुबै खुट्टा नहुँदा पनि दौडन्छन्

    ९ कात्तिक, काठमाडौं । कुशल लिम्बु अर्थात् बेलायती सेनाको सेकेण्ड गोरखा राइफल्सका २११७०६६७ । तर, उनले अहिले यो परिचय फेरेका छन् । अफगानिस्तानमा

SITENAME

चन्द्रागिरी डाँडोमा विश्वकप क्रिकेटको ट्रफी

  ११ कात्तिक, काठमाडौं । शुक्रबार नेपाल ल्याइएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेटको ट्रफी चन्द्रागिरीमा सार्वजनिक

SITENAME

विनोदको विष्फोटक ब्याटिङसँगै पोखरा पल्टनको सुखद सुरुवात

  ९ कात्तिक, काठमाडौं । विनोद भण्डारीको विस्फोटक ब्याटिङको मदतमा पोखरा पल्टनले पोखरा पि्रमियर लिग -पीपीएल) क्रिकेटमा सुखद सुरुवात गरेको छ । पोखरा