कविता : बादल

SITENAME

 

~शरद पोख्रेल~

बादल लाग्नु
बादलले छोप्नु
अँध्यारो हुनु।
ए मान्छे किन तिम्रो गुनासो ममाथि रहिरह्यो
यी कुरामा ?

तर आज उभियो मेरो छायाँमा
एउटा एक्लो मुसाफिर
र प्रेमले घुट्क्याइरह्यो मेरो सुन्दरता

-कुनै नदीमा मेरो छायाँ
तिम्री प्रेमिकाभन्दा कम नहोला,
घामछायाँको लुकामारी
-कुनै महाकाव्यभन्दा कम काव्यिक नबन्ला,
सूर्योदय र सूर्यास्तमा
मसँग जिस्किएको सूर्य हेर्नू
-कुनै उपन्यासको अध्यायभन्दा कम प्रेमिल नलाग्ला।

केही थान मुस्कान पोख्यो र बोल्यो मुसाफिर-
सुहागरातमा घुम्टो ओढेर कुरेकी
नवदुलहीजस्तै देखिन्छु रे –
मेरो कोमल बाहुपासमा चाँदनी पर्दा।
उसकी प्रेमिकाको केशराशी जस्तै देखिन्छु रे-
सिरसिरेले मेरो कोमल भुवा उडाउँदा।
भर्खर कौमार्य फक्रनै लागेकी
उसकी यौवनाकी सुन्दर ओँठ झैं लाग्छु रे –
गोधुलीमा मेरो छायाँ ।

मान्छे!
प्रेमले हेरे त म पनि प्रेमिल बन्दोरैछु-
आऊ खोजौँ यो अँध्यारो भित्र पनि केही उज्यालो
यो कालो भित्र पनि आशाको चाँदनी घेरा ।
र रचौँ प्रेमको संसार।

– शरद पोख्रेल

प्रतिकृया दिनुहोस
SITENAME

स्रष्टा परिचय : आठपरियाका प्रा.डा. बाहुन

  प्रा. डा. टङ्कप्रसाद न्यौपाने काँधमा एउटा सामान्य झोला र त्यसभित्र हङकङे इष्टजनले उपहारमा दिएको ल्यापटप बोकेर टंक गुरु बिहानै इटहरीको जनता

SITENAME

खै मेरो प्रजातन्त्र ?

  एउटा निशब्द कहालीलाग्दो कालारात्रीको जन्जिर भित्र रुमल्लिएका कैयन जिन्दगीहरु रैतीको नाममा बन्दी बनाइएका कैदीहरु फाटेको जिन्दगीलाई टाल्ने