वायु प्रदुषणका कारण बर्षेनी छ लाखको मृत्यु : अध्ययन

SITENAME

 

जेनेभा, १३कात्तिक । हरेक बर्ष विश्वभरका झण्डै छ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा वायु प्रदुषणका कारण हरेक बर्ष १५ बर्षमुनिका छ लाख बालबालिकाको मृत्यु हुने गरेको उल्लेख छ ।

संगठनका अनुसार पाँच बर्ष मुनिका कैयौं बालबालिकालाई वायु प्रदुषणका कारण श्वास प्रश्वासमा समस्या हुनेगरेको छ । प्रदुषणका कारण बार्षिक छ लाख बालबालिकाको मृत्यु हुने यो तथ्याङ्क सन् २०१६ को भएको समाचारमा जनाइएको छ ।

“यो अक्षम्य छ, सबै बालबालिकाले स्वस्छ स्वासप्रश्वास गर्न पाउनु पर्दछ । त्यसो भयो भने मात्रै उनीहरूको राम्रो वृद्धि विकास हुन सक्दछ,” डब्लुएचओले भनेको छ ।

तथ्याङ्क अनुसार प्रत्येक दश जना मध्ये नौ जनाले प्रदुषित स्वास लिने गरेका छन् भने यसबाट लाग्ने रोगका कारण प्रत्येक बर्ष विश्वभरका झण्डै ७० लाखको मृत्यु हुनेगरेको छ ।

वायु प्रदुषण विषेशगरी बालबालिकाका लागि निकै हानिकारक मानिन्छ । प्रत्येक दश जना मध्ये एक बालबालिकाको यही कारणले मृत्यु हुनेगरेको प्रतिवेदनमा उल्लेख छ ।

वायु प्रदुषणले बालबालिकाको स्वास्थ्यमा पारेको असरबारेमा डब्लुएचओले गरेको एक अध्ययनले यस्तो देखाएको हो ।रासस/एएफपी

प्रतिकृया दिनुहोस
SITENAME

नयाँ लुगा लगाउँदा होस गर्नुहोस् एलर्जी बनाउला

  काठमाडौँ । नेपालीहरुको महान चाड बडा दशैं आउँदै छ । दशैंको विभिन्न विशेषता मध्ये एक हो नयाँ लुगा लगाउने । सानो उमेरका केटाकेटी देखि पाका उमेरका

SITENAME

भारतको राजस्थान पछि गुजरातमा पनि जिका भाइरसको सङ्क्रमण

  नयाँ दिल्ली, १२ असोज । केही समय पहिले भारतको राजस्तानमा देखिएको जिका भाइरसको सङ्क्रमण पश्चिमी शहर गुजरातमा पनि देखिएको भारतीय अधिकारीले बताएका

SITENAME

महिलाको वक्षस्थलबारेमा रोचक र रमाईला तथ्य

  महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन् । त्यसमा पनि महिलाको वक्षस्थलबाट पुरूषहरु झनै आकर्षित हुन्छन् । विभिन्न संस्थाहरुले गरेको