पुस १ देखि उदयपुरमा पर्यटन महोत्सव, जलबिहार र क्यानोनिङ मुख्य आकर्षण

SITENAME

 

१२ कात्तिक, काठमाडौं । आगामी पुस १ गतेदेखि उदयपुरको बेलका नगरपालिकामा मैनामैनी पर्यटन महोत्सव आयोजना हुने भएको छ ।

नगरपालिका ७ मा सात दिनसम्म चल्ने गरी महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाका मेयर दुर्गाकुमार थापाले जानकारी दिए ।


मैनाराजा, मैनारानीको पहिचान बोकेको वेलकाको मैनामैनीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको मेयर थापाले बताए । मेयर थापाका अनुसार महोत्सवमा सप्तकोशीमा जलबिहार, जंगल सफारी तथा क्यानोनिङ मुख्य आकर्षणको रुपमा रहनेछन् ।

महोत्सवमा चम्पाकोटबाट प्याराग्लाइडिङ, पुष्पवृष्टि, दैनिक र्‍याˆटिङ, कोसी नदीमा जलविहार, कोशी टप्पु वन्यजन्तु आरक्षमा दैनिक जंगल सफारी, कोलोहोङ झरनामा क्यानोरिङ पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्र बनाइएको मेयर थापाले बताए ।

यसैगरी महोत्सवमा ढिडो-सिस्नोलगायतका खानाका परिकारहरुको समेत स्वाद लिन पाइने छ । महोत्सवस्थल मैनामैनीबाट चर्चित बराहक्षेत्र मन्दिर, चतराधाम, टंकेला गुफा, कोशी टप्पु वन्यजन्तु आरक्ष लगायतको अवलोकन गर्न पाइनेछ ।

महोत्सवमा स्थानीय मौलिक खानेकुरादेखि लिएर मौलिक सांस्कृतिक झाँकी प्रर्दशनसमेत हुने वडा नं ७ का वडाध्यक्ष सुरेन्ऽ राईले जानकारी दिए । वडाध्यक्ष राईका अनुसार महोत्सवमा १ लाख बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

प्रदेश ५ को समृद्धिको आधार कृषि र पर्यटन :मन्त्री चौधरी

मंसिर १४ । प्रदेश ५ को समृद्धिको आधार कृषि र पर्यटन रहेको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताउनु भएको छ । प्रदेश सरकारका

SITENAME

बंगलादेशबाट भित्रिएको पाल्पाली ढाकाटोपी !

  विशाल सापकाेटा ९ कात्तिक, काठमाडौं । शीरमा लाउने नेपाली टोपीका बारेमा कुरा गर्दा धेरैको रोजाइमा पर्छ पाल्पाली ढाकाटोपी । त्यसो त, भादगाउँले टोपी

SITENAME

‘अब पेट्रोल पम्पजस्तै सवारी चार्जिङ स्टेशन’

‘अब पेट्रोल पम्पजस्तै सवारी चार्जिङ स्टेशन’ ८ कात्तिक, काठमाडौं । सरकारले विद्युतीय सवारीको चार्जिङ स्टेशनहरु स्थापनाका छुट्टै नीतिगत र कानुनी