घनश्याम भुसालले झूठो बोलेको नेकपा नेताको आरोप

SITENAME

१८ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको चियापान कार्यक्रम नेता घनश्याम भुसालले ‘बहिस्कार’ गरे कि निम्तानै थिएन ? यो प्रकरणले पार्टी पंक्तिमा आरोप प्रत्यारोप चलेको छ ।

गृहजिल्लामा आयोजित कार्यक्रम छाडेर भुसाल दाङ गएका थिए । उनले आफूलाई कार्यक्रमबारे जानकारी नरहेको बताएका थिए । तर स्थायी कमिटी सदस्य भुसाललाई जानकारी नदिइएको भन्ने आरोप झूठो रहेको आयोजकले बताए ।


नेकपा रुपन्देहीका कार्यदल सदस्य तथा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले नेता भूसाललाई आफैले दुई पटक निमन्त्रणा गरेको बताए । उनका अनुसार प्रदेश अध्यक्ष ओनसरी घर्तीले पनि खबर गरेकी थिइन् ।

‘दुई पटक लाउडस्पिकरमा राखेर मैले कुरा गरे, पार्टीका प्रदेश अध्यक्ष ओनसरी घर्ती, केन्द्रीय सदस्य लिला गिरीले पनि फोन गरेर बोलाउनु भएको थियो’ बुटवल उपमहानगरपालिका प्रमुखसमेत रहेका सुवेदीले अनलाइनखबरसँग भने, ‘कार्यदल सदस्य निर्मल जिसीलाई त भेट्नै पठाएको थिएँ ।’

 

प्रतिकृया दिनुहोस
SITENAME

निर्मलाकाे न्यायको लडाइमा राजनीतिकरण, मुद्दा आफ्नो बनाउन दलहरुबीच होडबाजी

काठमाडाैं । कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्या भएकाे चार महिनाभन्दा बढी भइसकेकाे छ, तर अहिलेसम्म पनि अपराधीको पहिचान हुन

प्रदेश ५ को समृद्धिको आधार कृषि र पर्यटन :मन्त्री चौधरी

मंसिर १४ । प्रदेश ५ को समृद्धिको आधार कृषि र पर्यटन रहेको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताउनु भएको छ । प्रदेश सरकारका

SITENAME

डडेल्धुरामा बस दुर्घटना, १६ जनाको मृत्यु

  आशिष मल्ल     डडेल्धुरा । डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । डा. केआई सिंह राजमार्गअन्तर्गत