पूर्वी चितवनको राप्तीमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

SITENAME

 

कात्तिक २४ चितवन । पूर्वी चितवनको राप्तीमा भएको छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने सवारी ठक्करबाट अर्को एक जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका गड्यौली स्थित खेतमा काम गर्न जाँदा आज बिहान करीब ७ः५० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीयवासी २३ वर्षीय सागर राईको मृत्यु भएको छ ।

यस्तै पूर्वपश्चिम राजमार्ग अन्र्तगत राप्ती नगरपालिका स्थित हर्दिमा गए राति भएको सवारी दुर्घटनामा परी राप्ती नगरपालिका–१ का रमेशबाबु त्रिपाठीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट भरतपुर तर्फ आउंँदै गरेको ना ४० प ७०२४ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारीले ठक्कर दिँदा मोटरसाइकल चालक त्रिपाठीको घटनास्थलमा नै मृत्यु भएको हो । सवारी साधन फरार रहेकाले पहिचान नभएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

आजदेखि छठ पर्व सुरु

चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठको आज पहिलो दिन हो । बिहान स्नानपछि लौकाको तरकारी, दाल र भात खाइ तराई–मधेसलगायत मुलुकभरका व्रतालुले यो

SITENAME

छुरा प्रहारबाट बुढामगरको मृत्यु

  २४ कात्तिक , बाँके । मादक पदार्थ सेवनका क्रममा होटल सञ्चालक सँग विवाद भए पछि बाँकेमा एक जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका–१ गाभर

SITENAME

निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै अनिश्चितकालीन धर्ना

२५ कात्तिक, कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यारा पक्राउ  गर्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु भएको छ