छुरा प्रहारबाट बुढामगरको मृत्यु

SITENAME

 

२४ कात्तिक , बाँके । मादक पदार्थ सेवनका क्रममा होटल सञ्चालक सँग विवाद भए पछि बाँकेमा एक जनाको मृत्यु भएको छ ।

राप्ती सोनारी गाउँपालिका–१ गाभर स्थित थकाली होटल भोजनालयमा भएको झडपका क्रममा छुरा प्रहारबाट सोही गाउँका २७ वर्षीय हरिबहादुर बुढामगरको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मान बहादुर बिसीका अनुसार बुढामगरको छातीमा छुरा प्रहार गरिएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते बुढामगरको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

झडपका बेला होटल सञ्चालक चन्द्रकिरण शाह पक्षले बुढामगर माथि छुरा प्रहार गरेको प्रहरीले बताएको छ । छुरा प्रहार गरेको आरोपमा होटल सञ्चालक शाह र गणेश शाहलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक बिसीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
SITENAME

आजदेखि छठ पर्व सुरु

चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठको आज पहिलो दिन हो । बिहान स्नानपछि लौकाको तरकारी, दाल र भात खाइ तराई–मधेसलगायत मुलुकभरका व्रतालुले यो

SITENAME

पूर्वी चितवनको राप्तीमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

  कात्तिक २४ चितवन । पूर्वी चितवनको राप्तीमा भएको छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

SITENAME

निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै अनिश्चितकालीन धर्ना

२५ कात्तिक, कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यारा पक्राउ  गर्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु भएको छ