कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आगजनी, लाखौंको क्षति

SITENAME

 

२८ कात्तिक, चितवन । जिल्लाको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले आगजनी गरेर क्षति पु¥याएका छन् ।

मंगलवार साँझ विश्वविद्यालयको पछाडिबाट प्रवेश गरेका विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको मूल गेट र परीक्षा नियन्त्रण कार्यालयमा आगजनी गरेका हुन् ।


आगजनीबाट परीक्षा नियन्त्रण कार्यालयको तल्लो तला क्षतिग्रस्त बनेको छ । कार्यालयको ताला फोडेर भित्र पसेका विद्यार्थीहरुले पेट्रोल छर्किएर आगो लगाएका थिए । उनीहरुले टायरसमेत लगि कार्यालयभित्र नै बालेका थिए ।

प्रहरी र विश्वविद्यालय सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । उनीहरुले विश्वविद्यालयका झ्यालका सिसासमेत फुटाएर क्षति गरेका छन् । आगजनी र तोडफोडबाट लाखौंको नोक्सानी भएको छ ।

दुई वर्षअघि मात्रै सञ्चालनमा आएको विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय भवनमा दोस्रोपटक आगजनी गरिएको हो । निजी कलेजलाई दिइएको सम्बन्धन र भर्ना खुल्ला गरेको भन्दै आन्दोलित विद्यार्थीहरुले विश्वविद्यालयको होस्टलमा बसेर आगजनीको योजना बनाएको प्रहरीले जनाएको छ ।

आगजनी गरेको आरोपमा प्रहरीले प्रहरीले १० जनालाई पक्राउ गरेको थियो । तर, तीमध्ये दुई जनालाई छाडिएको छ ।

आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले सुदर्शन खराल, चन्दन केसी, उमेश थापा, ज्ञानेन्द्र राई, अरुण चपाई, किरणा रोकामगर, प्रवेश आचार्य, अनिल अधिकारी, दिनेश भट्ट, मुक्ति भण्डारीलाई नियन्त्रणमा लिएको छ । उनीहरु माथि अनुसन्धान भइरहेको चितवनका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौंरले बताए ।

सम्बन्धन दिएका निजी कलेजहरुलाई समेत समेटेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना प्रक्रिया सुरु गरेपछि प्रध्यापक र विद्यार्थीहरु आन्दोलित बनेका थिए ।

नेपाल प्रगतिशील प्रध्यापक संगठन र नेपाल राष्ट्रिय प्रध्यापक संगठनका नाममा पनि विश्वविद्यालयमा पटकपटक तालावन्दी गरिएको छ ।

गएको असार २० गते विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले कृषिमा सात र वन विषयमा एक निजी क्याम्पसलाई सम्वन्धन दिने निर्णय गरेको थियो । सो निर्णय मन्त्री परिषद्को साउन १४ गते बसेको बैठकले खारेज गरेको छ । तर, मन्त्री परिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि अदालतले त्यो निर्णय कार्यन्वयन नगराउन गत असोज ९ गते आदेश गरेको छ ।

रिट उपर अन्तिम आदेश आउन बाँकी नै छ । आगामी पुस २६ गते यो रिटको पेशी तय भएको छ । विश्वविद्यालयले कात्तिक २० गते स्नातक तहको भर्ना प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो । सर्वोच्चको आदेश कार्यान्वयनका लागि भन्दै विश्वविद्यालयले भर्ना खोलेको पदाधिकारीहरुले जनाउँदै आएका छन् । विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.मनराज कोलाक्षपतिले सर्वोच्चको अन्तरकालीन आदेश अनुसार भर्ना प्रकृया सुरु गरिएको बताए ।

निर्णयअनुसार वनको मंसिर २२ र कृषिको मंसिर २९ गते प्रवेश परीक्षा तोकिएको छ । सर्वोच्चको आदेश र विश्वविद्यालयले भर्ना लिनसक्ने भन्दैं विद्यार्थी संगठनहरुले गत भदौं २६ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालावन्दी गरेका थिए । त्यसयता विश्वविद्यालयको कामकाज प्रभावित बनेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

अवैध रूपमा भारतै निकासी हुँदै गरेको १२० क्वीन्टल केराउ बरामद

  ३ मंसिर, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले केराउ बरामद गरेको छ । वीरगञ्जको अलौंबाट १२० क्वीन्टल केराउ बरामद भएको हो । भारततर्फ लैजादै गरेको अवस्थामा

SITENAME

ग्यास बुटेलको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु : बुलेटमा आगलागी, सडक अवरोध

धादिङ । धादिङको बेनिघाटमा ग्यास बुलेट दुर्घटना भएको छ । दुर्घटामा दुई पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौँ जfदै गरेको up 75 AT 5208 नम्बरको

SITENAME

तीन बैंकको नाफा अर्ब माथि, एकको भने घट्यो

सिद्धार्थ बैंक बैंकको तेस्रो चौमाशमा नाफा २८ प्रतिशतले वृद्धि भएर एक अर्ब २२ करोड रुपैयाँ पुगेको छ । बैंकको राइट ब्याक, खुद व्याज आम्दानी र अन्य