धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

SITENAME

 

३० कात्तिक, कञ्चनपुर । बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् ।

पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो ।कात्तिक २५ गते देखि धर्नामा बसेका यज्ञराजलाई ज्वरो आउनुका साथै रुखा खोकी लागेको र हातखुट्टा दुख्ने समस्या देखा परेको छ । दुर्गालाई समेत ज्वरो आएको र रक्तचाप घटेको छ ।

उपचारका लागि पुग्नुभएका महाकाली अञ्चल अस्पतालका चिकित्सक किशोर बोहराले दुवैको चिसोका कारण स्वास्थ्य बिगँ्रदै गएको बताए । निर्मलाकी कान्छी आमा लक्ष्मी पन्तको समेत रक्तचाप बढेको पाइएको छ । यसै बीच प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले पन्त परिवारको अवस्थाबारे जानकारी लिएका छन् ।

यज्ञराजले छोरीका हत्यारा पत्ता नलाग्दा सम्म र न्याय नपाउँदा सम्म धर्ना जारी रहने बताए । साथीको घरमा गएकी निर्मलाको साउन ११ गते उखु बारीमा शव फेला परेको थियो । हत्या भएको तीन महिना भन्दा बढी समय बिते पनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।

प्रतिकृया दिनुहोस
SITENAME

निर्मलाकाे न्यायको लडाइमा राजनीतिकरण, मुद्दा आफ्नो बनाउन दलहरुबीच होडबाजी

काठमाडाैं । कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्या भएकाे चार महिनाभन्दा बढी भइसकेकाे छ, तर अहिलेसम्म पनि अपराधीको पहिचान हुन

प्रदेश ५ को समृद्धिको आधार कृषि र पर्यटन :मन्त्री चौधरी

मंसिर १४ । प्रदेश ५ को समृद्धिको आधार कृषि र पर्यटन रहेको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताउनु भएको छ । प्रदेश सरकारका

SITENAME

डडेल्धुरामा बस दुर्घटना, १६ जनाको मृत्यु

  आशिष मल्ल     डडेल्धुरा । डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । डा. केआई सिंह राजमार्गअन्तर्गत