Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

पहिलो देवदह म्याराथन हुने

टक सुनार ,माघ १३ ।
रुपन्देहीको पुर्वी क्षेत्र देवदहमा पहिलो देवदह म्याराथन हुने भएको छ । लियो क्लब अफ बुद्ध मावली देवदहको आयोजनामा यहि माघ २६ गते देवदहमा पहिलो देवदह म्याराथन हुन लागेको आयोजकले जानकारी दिएको छ । रन फर हेल्थ भन्ने नारा तय गरिएको प्रतियोगितामा १६ बर्ष भन्दा माथि उमेर समुहका ब्यक्तिहरुले सहभागिता जनाउन सक्ने म्याराथन संयोजक मोहन गुरुङ्गले बताउनु भयो ।
 
देवदह क्षेत्रमा अझै सम्म म्याराथन नभएका कारण म्याराथनको आयोना गरीएको क्लबका अध्यक्ष राज कुमार न्यौपानेको भनाई छ । म्याराथनले समाजमा सबै जात जाती भाषा भाषिका ब्यक्तिहरु बिच समानताको भाव जगाउने र स्वथ्य समाज निर्माणमा सघाउने क्लबका कोषाध्यक्ष कमला अर्यालको बिश्वास छ । खेल सम्पन्न गर्न क्लवका मेम्बरसिप डाईरेक्टर मोहन गुरुङ्गको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको छ । जसको सदस्यहरुमा कमल ज्ञवाली, ज्ञान’ क्षेत्री, दिपेश मल्ल र टक सुनार रहनु भएको क्वलका सचिव आदर्श तिवारीले न्युज सञ्जाललाई जानकारी दिनु भयो । प्रतियोगिता आयोजनाको लागि तयारी थालीसकिएको छ । देवदहमा पहिलोपटक म्याराथन आयोजना गरीएको कारण म्याराथन सबैको प्रतिक्षाको बिषय बनेको छ ।

 

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top