Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

कस्तो होला सामसुङको ग्यालेक्सी S7 ?

माघ १६ – सामसुङले अर्को महिना सार्वजनिक गर्ने तयारी गरेको स्मार्टफोन ग्यालेक्सी एस सेभेन कस्तो होला भन्ने कौतुहलता धेरेमा छ । तर यो कौतुहलता केही हदसम्म समाधान भएको छ । ग्यालेक्सी एस सेभेन एस सिरिजको अघिल्लो संस्करण एस सिक्स जस्तै रहने जनाइएको छ ।
 

 

पछिल्लो पटक सार्वजनिक भएको एस सेभेनको तस्बिरमा यो नयाँ फोन एस सिक्स जस्तै छ । सामसुङले आउँदो महिना हुने वर्ल्ड मोबाइल कंग्रेसमा दुई वटा स्क्रिन साइजको ग्यालेक्सी एस सेभेन र एस सेभेन एज सार्वजनिक गर्ने तयारी गरेको छ । एस सेभेनमा ५ दशमलव १ इन्चको स्क्रिन हुनेछ भने एस सेभेन एजमा ५ दशमलव ५ इन्चको स्क्रिन रहने छ । एस सेभनमा फ्ल्याट स्क्रिन रहने छ भने एस सेभेन एजमा एस सिक्स एज र एस सिक्स एज प्लसमा जस्तै कर्भड् स्क्रिन रहने छ । एस सेभेनमा चार जिबीको र्‍याम तथा ३२ र ६४ जिबीको स्टोरेज क्षमता रहने यसअघि नै चर्चामा आएको थियो । यस्तै एस सेभेनमा ३,००० एमएएच र एस सेभेन एजमा ३,६०० एमएएचको ब्याट्री हुनेछ । दुवै फोनमा छिटो चार्ज हुने वायरलेस चार्जिङ सिस्टम हुनेछ । यी फोनमा १.७ एपेचर लेन्सहितको १२ मेगापिक्सलको क्यामरा रहने छ ।
एस सिक्समा जस्तै पाँच मेगापिक्सलको सेल्फी क्यामरा हुनेछ । दुई सय जिबीसम्मको माइक्रो एसडी कार्ड यी फोनमा लाग्ने छ । भने यसमा धुलो तथा पानीबाट जोगाउने प्रविधि आइपी६७ पनि रहने छ । 
– एजेन्सीको सहयोगमा

ON AIR

साझा खबर

UP NEXT

बलिउड एक्प्रेस

Back to Top