Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

प्रवासी नेपाली समाजले दुवै मृगौला पिडित निरमाया सारुलाई सहयोग प्रदान गरेको छ .

माघ १६ । प्रवासी नेपाली समाजले दुवै मृगौला पिडित निरमाया सारुलाई सहयोग प्रदान गरेको छ । रुपन्देहीको देवदह–५, कोलुवा निवासी सारुको दुवै मृगौला फेल भएको छ । आर्थिक अवस्था कमजोर रहेका सारुलाई उपचार खर्च वापत बैदेशिक रोजगारमा गएकाहरुले सारुलाई उपचार खर्च वापत ३ लाख ३९ हजार रुपैया एक कार्यक्रमका वीच हस्तान्तरण गरेको हो । मगर समाज साउदीका सुजन मगर र रुपा रानाको विशेष सहयोगमा उक्त रकम संकलन गरेको हो । देवदह–५, का वडा अध्यक्ष झिल्लुप्रसाद न्यौपानेको अध्यक्षता र देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीको प्रमुख आतिथ्यतामा उक्त रकम हस्तान्तरण गरेको हो । सो अवसरमा बोल्दै नगरप्रमुख खत्रीले दीर्घ रोगीलाई प्रदान गरेको सेवा लिन सक्नु पर्ने बताउदै विभिन्न संघसंस्था, व्यक्तिले सहयोग गरेको रकम सही सदुपयोग गर्नुपर्नेमा जोड दिनु भयो । उहाले दुखमा गरेको सहयोग नै मानवीय धर्म भएकोले सवैले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल मगर संघका नगरअध्यक्ष लालबहादुर दर्लामी, संघका सल्लाहकार टंकबहादुर घर्ती, मगर समाज साउदीका सुजन मगर, रुपा राना लगायतले आ–आफना भनाई राख्नु भएको थियो । रेडियो देवदहका स्टेशन म्यानेजर रमेश पोखरेलको संचालनमा भएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

ON AIR

पुराना नेपाली सुगम संगीतहरु

UP NEXT

नेपाली बहस

Back to Top