Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

देवदह मदरटङ्गस एकेडेमीको १९ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन

माघ १६ । शिक्षा विना देशको विकास हुन नसक्ने प्रदेश सांसद डा. कृष्णप्रसाद न्यौपानले बताउनु भएको छ । उहाले शिक्षाको विकासमा निजी क्षेत्रको अह्म भूमिका भएको बताउदै निजी विद्यालयहरुले पनि प्राविधिक शिक्षालाई जोड दिनु पर्ने बताउनु भयो । देवदह मदरटङ्गस एकेडेमीको १९ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण अभिभावक खेलकुद कार्यक्रमको उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । सांसद न्यौपानेले प्राविधिक शिक्षाले मात्र स्वरोजगारको सृजना गर्दै आत्मनिर्भर बनाउनेमा जोड दिनु भयो । सांसद न्यौपानेले शिक्षा निती परिवर्तन गरी प्राविधिक शिक्षा लागु गर्न सकेमात्र युवाहरुलाई बैदेशिक पलायनबाट रोक्न सकिनेमा जोड दिनु भयो । उहाले युवाहरुलाई स्वदेश मै स्वरोजगारी प्रदान गर्ने गरी अव बन्ने सरकार लाग्ने बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टौंबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक भिमप्रसाद गुरुङ्ग, प्रिन्सिपल रामबहादुर गुरुङ्ग लगायतले बोल्दै देवदह मदर टङ्गस विद्यालयले जातीय भाषा भाषीको अध्यापन गराएर मगर, गुरुङ्ग, थारुहरुको भाषालाई संरक्षण र प्रवद्र्धन गर्ने काम गरेको बताउनु भएको थियो । शिक्षक कृष्ण अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयमा आयोजित घैटो फोर प्रतियोगिता दुबि सरा अधिकारी प्रथम र छेलोमा सुजन रसाइली र सुरज गुरुङ प्रथम भएको छ । रसि अड्याउनेमा पृतम गुरुङ, जुक्ती लगाउने खेलमा बिष्णु गुरुङ र निशा गैरे प्रथम, कुर्ची दौडमा बिरमति गुरुङ प्रथम, जुनमाया पुन द्धितिय र इन्द्रामाया गुरुङ तृतिय भएको विद्यालयले जनाएको छ ।

ON AIR

पुराना नेपाली सुगम संगीतहरु

UP NEXT

नेपाली बहस

Back to Top