Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

कोलिय बचत तथा ऋण सहकारी संस्थाद्धारा देवदह–१२, सिक्टहनमा आधारभूत सहकारी शिक्षा तालिम सम्पन्न

माघ १६ । कोलिय बचत तथा ऋण सहकारी संस्थाद्धारा देवदह–१२, सिक्टहनमा आधारभूत सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ । आफना शेयर सदस्यहरुलाई सहकारी सम्वन्धी जानकारी दिने उद्देश्यले उक्त तालिमको आयोजना गरेको हो । तालिममा सहकारी संस्थाका पुर्वअध्यक्ष एवं सल्लाहकार जयकिशन अधिकारीले सहकारी अवधारणा सम्वन्धी तालिम प्रदान गर्नु भएको थियो । साकोसका उपाध्यक्ष खेमानन्द ज्ञवालीको अध्यक्षता सकोसका सल्लाहकार जयकिशन अधिकारीको प्रमुख आतिथ्यतामा उक्त तालिम सम्पन्न भएको हो । तालिममा सिक्टहनका करिव ५० जना सकोसका शेयर सदस्यहरुको सहभागिता रहेको थियो । साकोसका कोषाध्यक्ष जागेश्वर पंगेनीको संचालन र सिक्टह बचत संकलन केन्द्रका सदस्य दुर्गाप्रसाद पाण्डेको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ON AIR

पुराना नेपाली सुगम संगीतहरु

UP NEXT

नेपाली बहस

Back to Top