Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

सिद्धेश्वर महादेव मन्दिर देवदह–१०। ले आयोजना गरेको श्रीमद भागवत गोरक्ष ज्ञान महायज्ञ–२०७४ को हिसाव हिताव सार्व

माघ १८ । सिद्धेश्वर महादेव मन्दिर देवदह–१०। ले आयोजना गरेको श्रीमद भागवत गोरक्ष ज्ञान महायज्ञ–२०७४ को हिसाव हिताव सार्वजनिक गरेको छ । देवदह–१०, भलुहीमा रहेको सिद्धेश्वर मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त हिसाव किताव सार्वजनिक गरेको हो । माघ–२ देखि १३ गते सम्म संचालन भएको महायज्ञमा ७८ लाख ७९ हजार ८ सय १३ रुपैया संकलन भएको र १८ लाख २१ ह्जार ४ सय २३ रुपैया खर्च भएको महायज्ञ मूलआयोजक समितिले जनाएको छ । देवदहलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने, मन्दिरको पुर्वाधार विकास, गौशालाको निर्माण र संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष होमलाल सापकोटाले बताउनु भयो । मन्दिर क्षेत्रमा गौशाला निर्माण गरी गाईको गवतबाट अर्क बनाई औषधीको रुपमा प्रयोग गर्न कामधेनु अनुन्धान केन्द्र स्थापनामा महायज्ञबाट संकलन भएको रकम खर्च गरिने गोवर्ती योगी सोमराज महाराजले बताउनु भयो । पत्रकार सम्मेलनमा बोल्दै गोवर्ती योगी सोमराज महाराजले गाईको गवतबाट निर्माण गरिएको अर्कबाट विभिन्न रोगहरु निको हुने हुनाले मन्दिर परिषरमा गौशाला निर्माण गरी गाईको संरक्षण गर्नेमा जोड दिनु भयो । उहाले अर्कबाट बहुपयोगी औषधी उत्पादन हुने भएकाले स्थानीय जातका गाई संरक्षण गर्न गौशालाको आवश्यक रहेकोले महायज्ञबाट संकलन गरिएको रकमबाट गौशाला निर्माण गर्ने बताउनु भयो । उहाले मन्दिर परिषरमा धार्मिक वन समेत रहेकोले उक्त वनमा जडीबुटी लगाउने बताउनु भयो । सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष होमलाल सापकोटाको अध्यक्षता, गोवर्ती योगी सोमराज महाराजको प्रमुख आतिथ्यतामा हिसाव किताव सार्वजनिक कार्यक्रम सम्पन्न भएको थियो । रामचन्द्र पाण्डेको स्वागत र वासुदेव रिमालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई समेत सम्मान गरिएको थियो ।

ON AIR

UP NEXT

Back to Top