Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ ।

माघ १८ । चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ अन्र्तगत आयोजित अन्तर विद्यालय स्तरीय कवड्डी प्रतियोगितामा विभिन्न खेलहरु सम्पन्न भएका छन् । सनसाईन ईङलिस बोडिङ्ग स्कुल नवलपरासी र जनता माध्यमिक विद्यालय वीच भएको खेलमा सनसाईन बोडिङ्ग स्कुल विजयी भएको छ । सनसाईन बोडिङ्ग स्कुल ८३ अंका साथ विजयी भई सेमिफाईनलमा प्रवेश गरेको छ । त्यसैगरी जनप्रिय माध्यमिक विद्यालय र केरवानी माध्यमिक विद्यालय वीच भएको खेलमा केरवानी मावि विजयी भएको छ । केरवानी मावि ६८ अंकका साथ विजयी भई सेमिफाईनमा प्रवेश गरेको छ । खड्क माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालय वीच भएको खेलमा खड्क माध्यमिक विद्यालय विजयी भएको छ । खड्क माध्यमिक विद्यालय ६० अंकका साथ विजयी भई सेमिफाईनलमा प्रवेश गरेको छ । यसैगरी आर्दश ईङलिस बोडिङ्ग स्कुल र महामाया भवानी माध्यमिक विद्यालय वीच भएको खेलमा आर्दश ईङलिस बोडिङ्ग स्कुल विजयी भएको छ । आर्दश ईङलिस बोडिङ्ग स्कुल ५१ अंकका साथ विजयी भई सेमिफाईनलमा प्रवेश गरेको छ । प्रतियोगिताको फईनल खेल आज हुदै छ । https://m.facebook.com/story.php?story_fbid=1223559377778091&id=187155874751785

ON AIR

UP NEXT

Back to Top