Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

अभिभावक, शिक्षक र विद्यालय प्रशासन बिच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

माघ १८ । सगरमाथा आवासीय माध्यमिक विद्यालय देवदह–७ शितलनगरमा कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीका अभिभावकहरू, शिक्षकहरु र विद्यालय प्रशासन बिच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरुको प्रगति विवरण कक्षा शिक्षक कृष्ण पराजुली र त्रिलोकी नाथ चौधरीेले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अभिभावकहरुले आफ्ना नानीबाबुहरुको घरमा देखिएका कृयाकलापहरु प््रास्तुत गर्दै सुधारका लागि विशेष सुझावहरु समेत दिएका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले विद्यार्थीहरु आफैमा प्रतिभाशाली भएको र विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गराउनका लागि शिक्षक एवम् अभिभावकहरुले सृजनात्मक सहयोग गर्नुपर्ने आवश्यकता औलाउनुभयो । उहाँले अभिभावकले नियमित रुपमा आफ्ना नानीबाबुहरुको कृयाकलापहरुमा निगरानी गर्नु पर्नेमा जोड दिनु भयो । प्राचार्य कृष्णप्रसाद पौडेलको अध्यक्षता र सहप्राचार्य लेखनाथ काफ्लेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ON AIR

पुराना नेपाली सुगम संगीतहरु

UP NEXT

नेपाली बहस

Back to Top