Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

अभिभावक दिवसको अवसरमा विभिन्न खेलकुद कार्यक्रमहरु सम्पन्न

माघ १८ । देवदह मदर टङस एकेडेमीको १९ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित खेल सप्तहा कार्यक्रमको आज दोस्रो दिन पनि विभिन्न खेलकुद कार्यक्रमहरु सम्पन्न भएका छन् । जस अन्तर्गत पुरुष भलिवल प्रतियोगितामा गामा सदन प्रथम, डेल्टा सदन द्धितिय, बिटा सदनले तृतिय स्थान हासिल गरेका छन् भने लङ जम्प तर्पm गामा सदन प्रथम, अल्फा सदन द्धितिय, डेल्टा सदनले तृतिय स्थान हासिल गरेका छन् । त्यसै गरि हाई जम्पमा गामा सदन प्रथम, बिटा सदन द्धितिय, डेल्टा सदनले तृतिय स्थान हासिल गरेका छन् भने डोरी तान्ने खेलमा गामा सदन प्रथम, बिटा सदन द्धितिय, बिटा सदनले तृतिय स्थान हासिल गरेको खेल संयोजक सुवास ज्ञवलीले जनकारी गराउनु भयो । खेलकुद प्रतियोगिता आगामी माघ २० गते सम्म हुने खेल प्रशिक्षक लक्ष्मण श्रेष्ठले बताउनु भयो । त्यस्तै गरि बार्षिकोत्सवको मुल कार्यक्रम आगामी माघ २६ गते हुने भाइस प्रिन्सीपल यमलाल शर्माले बताउनु भयो । कार्यक्रम प्रिन्सिपल रामबहादुर गुरुङको अध्यक्षतामा र प्रवन्ध निर्देशक भिम गुरुङको आतिथ्यतामा सम्पन्न भएको हो ।

ON AIR

रोचक जानकारी

UP NEXT

देवदह समाचार

Back to Top