Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

रुपन्देहीको देवदहमा लर्फु (पर्छौरी) नामक चलचित्र विशेष प्रर्दशन भएको छ .

माघ २० । रुपन्देहीको देवदहमा लर्फु (पर्छौरी) नामक चलचित्र विशेष प्रर्दशन भएको छ । नेपाल मगर महिला संघ र नेपाल मगर युवा संघ देवदह नगर समितिको संयुक्त व्यवस्थापनमा उक्त चलचित्र प्रर्दशन गरिएको हो । चेतन रजालीद्धारा लेखन तथा निर्देशन रहेको लर्फु चलचित्रमा विशेष गरी मगर समुदायमा रहेको संस्कारलाई समेटिएको छ । चलचित्रमा विशेष गरेर मगरहरु सोझो हुने र निस्वार्थ रुपमा अरुलाई सहयोग गर्ने संस्कार समेटिएको छ । प्रदर्शनको अवसरमा बोल्दै निर्देशक रजालीले मगर संस्कार संग सम्वन्धीत चलचित्र गुणस्तरीय निर्माण भएपनि नेपाली भाषाका अन्य चलचित्र संग प्रतिस्पर्धा गर्न ग्राहो रहेको बताउनु भयो । चलचित्रमा देवदह–१०, निवासी नारायण सारु नायक र रुपा थापा नायिकाको भूमिका निर्वाह गर्नु भएको छ । नेपाल मगर महिला संघका अध्यक्ष दिलमाया रानाको अध्यक्षता र संघका जिल्ला अध्यक्ष गीता सारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विनोद थापा लगायतले आ–आफना धारणा राख्नु भएको थियो । नविन थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

ON AIR

रोचक जानकारी

UP NEXT

देवदह समाचार

Back to Top