Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

रुपन्देहीको देवदह–७, महामाया धर्मोदय टोल भेला सम्पन्न भएको छ ।

माघ २० । रुपन्देहीको देवदह–७, महामाया धर्मोदय टोल भेला सम्पन्न भएको छ । भेलाले टोललाई सरसफाई तथा प्रदुषण मुक्त क्षेत्र बनाउने, कोषको व्यवस्था गर्ने, टोलमा भएका विकास निर्माणलाई सहयोग गर्ने निर्णय गरेको छ । भेलाले चेतप्रसाद वस्यालको अध्यक्षतामा ११ सदस्यीय महामाया धर्मोदय टोल सुधार समिति गठन भएको छ । जसको उपाध्यक्षमा कोपिला पुन, सचिवमा लेखनाथ काप्mले, कोषाध्यक्षमा ईन्दिरा अर्याल रहनु भएको छ । अन्य सदस्यहरमा मोहन गुरुङ्ग, झरना कुवर लगायत रहनु भएको छ । चेतप्रसाद वस्यालको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

ON AIR

देवदह समाचार

UP NEXT

बिबिसि नेपाली सेवा

Back to Top