Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

भुपु शिक्षक तथा विद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न

माघ २० । देवदह मदरटङ्गस एकेडेमी देवदह–५, मितेरी गाउमा भुपु शिक्षक तथा विद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको १९ आंै बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा उक्त कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । सो अवसरमा बोल्दै विद्यालयका प्रवन्ध निर्देशक भिमप्रसाद गुरुङ्गले विद्यालयले मातृभाषा संरक्षणमा अह्म भूमिका खेलेको बताउनु भएको छ । उहाले नेपालमा बोलिने विभिन्न जातीय भाषाको संरक्षण र सम्वद्र्धन गर्ने दायित्व राज्यको भएपनि विद्यालयले त्यो काम गरिरहेको बताउनु भयो । विद्यालयले मातृभाषा संरक्षण र सम्वद्र्धनगर्ने काम गरेपनि राज्यले सहयोग नगरेको प्रवन्ध निर्देशक गुरुङ्गले बताउनु भयो । उहाले देवदह मदरटङ्गस एकेडेमीलाई विगतका बर्षहरुमा साप्रदायिकको आरोप लाग्ने गरेपनि अहिले मातृभाषा संरक्षणमा राज्य लागेको बताउनु भयो । विद्यालयका शिक्षक प्रताप गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल रामबहादुर गुरुङ्ग, पुर्व शिक्षक वासुदेव रिमाल, डम्वरबहादुर गुरुङ्ग, प्रेम गिरी, चित्रबहादुर सुनारी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सोही अवसरमा भुपु विद्यार्थीहरुले विद्यालयमा अध्ययनको बेलामा गरेका क्रियाकलापका वारेमा स्मरण गरेका थिए । शिक्षक देवह गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top