Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

संभवत शनिवारको दर्शक मेला अवधिभरको सवैभन्दा बढि

माघ २० । चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव अन्र्तगत दर्शकहरुको उल्लखनीय सहभागिता रहेको । विशेष गरी शनिवार सार्वजनिक विदाको दिन भएकोले दर्शकहरुको सहभागिता उल्लखनीय सहभागिता रहेको हो । शनिवार मात्र करिव ६० हजार दर्शकले मेलाको अवलोकन गरेको मूलआयोजक समितिका संयोजक गोविन्द ठड्राईले बताउनु भयो । संभवत शनिवारको दर्शक मेला अवधिभरको सवैभन्दा बढि हो । संयोजक ठड्राईका अनुसार शनिवार मात्र करिव १ करोड भन्दा बढिको आर्थिक कारोवार भएको छ । मेला स्थलमा राखिएको कृषि स्टल, देवदह क्षेत्रको ऐतिहासिक स्थलहरुको फोटो प्रदर्शनी मेलाको प्रमुख आकर्षणको रुपमा रहेको छ । महोत्सवमा राष्ट्रिय कलाकारहरु प्रशान्त गैरे, राजनराज शिवाकोटी, तेजु अर्याल, शुसिला विश्वकर्मा, कमल गाउले प्रचण्ड जिसी लगायतले आ–आफना प्रस्तुती प्रस्तुत गर्नु भएको थियो । लोकदोहारी प्रतियोगिताले मेलालाई अझ आर्कषक बनाएका थिए । महोत्सव अन्र्तगत आयोजित डासिन्ङ्ग तथा सिङगी आईडल समेत प्रस्तुत गरिएको थियो । सिङगीङ र डान्सिङ्गको नतिजा भोली अन्तिम दिन प्रकाशन गर्ने सास्ंकृतिक संयोजक प्रशान्त गैरेले बताउनु भयो । मेलाको भोली एक कार्यक्रमका वीच समापन हुने संयोजक ठड्राईले बताउनु भयो । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं क्षेत्र नं १, रुपन्देहीका प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा मेलाको समापन गरिने संयोजक ठड्राईले बताउनु भयो ।

ON AIR

म्युजिक टाइम

UP NEXT

क्यापिटल न्युज

Back to Top