Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

स्थानीय तहमा सहकारी ऐन सम्वन्धी सरोकारवालाहरु वीच अन्र्तक्रिया कार्यक्रम

माघ २० । स्थानीय तहमा सहकारी ऐन सम्वन्धी सरोकारवालाहरु वीच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । देवदह नगरपालिकाले नगर क्षेत्र भित्र रहेका सहकारीकर्मी तथा सरोकारवालाका प्रतिनिधिहरु वीच सहकारी ऐन सम्वन्धी अन्र्तक्रिया कार्यक्रम गरेको हो । सहकारीलाई राज्यले आर्थिक समृद्धिको लागि महत्वपूर्ण अंग मानेकोले सहकारीले उत्पादनको क्षेत्रमा लगानी गर्ने वातावरण स्थानीय तहले तयार गर्नुपर्नेमा जोड दिएका थिए । अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यले सकारी, निजि र सहकारी क्षेत्रलाई समान मानेको कारण स्थानीय तहले सहकारी सम्वन्धी ऐन कानुन बनाउदा सहकारी मैत्री बनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रमले प्रकाश अर्यालको संयोजकत्वमा ७ सदस्यीय सहकारी ऐन सुझाव समिति गठन गरेको छ । जसको सदस्यहरुमा बोघराज गौडेल, पवित्रा रिमाल, सुवकान्त न्यौपाने, कृष्णप्रसाद पौडेल, अजय रौनियार, प्रमोद खनाल रहनु भएको छ । देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीको अध्यक्षता, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण नेपालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ON AIR

UP NEXT

Back to Top