Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

रुपन्देहीको देवदहमा प्रस्तावित शिक्षा ऐन मस्यौदा सम्वन्धमा सरोकारवालाहरु वीच सुझाव संकलन

माघ २० । रुपन्देहीको देवदहमा प्रस्तावित शिक्षा ऐन मस्यौदा सम्वन्धमा सरोकारवालाहरु वीच सुझाव संकलन अनर््तक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहले निर्माण गर्ने शिक्षा ऐनमा समावेश गर्ने विषयमा नगरपालिकाले सुझाव संकलन अन्र्तक्रिया कार्यक्रम गरेको हो । अत्न्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षा ऐन निर्माण गर्दा ग्रामिण क्षेत्रलाई मध्यनजर गर्दै ऐन कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले गुणस्तर शिक्षा मापनको आधार तयार गर्नुपर्ने बताउदै प्राविधिक शिक्षालाई विशेष जोड दिनु पर्ने बताएका थिए । शिक्षा ऐन निर्माण गरिरहदा अभिभवाकहरुलाई आयमुलकमा जोडन सकिए मात्र अनिवार्य शिक्षाको औचित्य हुनेमा कार्यक्रमका वक्ताहरुले बताएका थिए । कार्यक्रमका वक्ताहरुले शिक्षा ऐन बनाउदा देवदह क्षेत्रमा नमुना विद्यालयको शुरुवात गर्नुपर्ने बताउदै त्यसको लागि सवै एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए । देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नगरशिक्षा अधिकृत हरिलाल अर्यालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा मित्रलाल न्यौपाने, तारा पराजुली, निर्मल ढुंगाना, खेमानन्द ज्ञवाली, कृष्णप्रसाद पौडेल, दुर्गादत्त शर्मा, ऋषिश्वर अर्याल, विष्णु पौडेल लगायतले आ–आफना सुझाव राख्नु भएको थियो । सोही अन्र्तक्रिया कार्यक्रमले यही २३ गते सम्म लिखित रुपमा संस्थागत, विद्यालयगत, व्यक्तिगत रुपमा सुझाव नगरपालिकामा बुझाउने सहमति भएको छ । नगरउपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण नेपालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ON AIR

UP NEXT

Back to Top