Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

रेडियो देवदहको तेश्रो अधिवेशन तथा बार्षिक साधारणसभा

माघ २७ । सञ्चारको विकासले मात्र समृद्ध राष्ट्र निर्माण हुने प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ । उहाले राजनैतिक परिवर्तनमा सञ्चारको महत्वपूर्ण भूमिका भएकाले अव बन्ने सरकारले मिडियाको संरक्षण र सम्वद्र्धन गर्न लाग्ने दावी गर्नु भयो । सूचनाका लागि सामुदायिक सञ्चार अभियानद्वारा संचालित रेडियो देवदहको तेश्रो अधिवेशन तथा बार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहनु भएका नेता विश्वकर्माले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसंगै सरकार गठनको बाटो खुलेको फागुनको पहिलो हप्ता सम्म वामगठवन्धन सरकार गठन हुनेमा जोड दिनु भयो । उहाले देश नया शिराबाट अगाडि बढिरहेको बताउदै समृद्ध राष्ट्र निर्माणमा सवै लाग्नु पर्ने बताउनु भयो । उहाले जिम्मेवारी, जवाफदेहिताका सवै लाग्ने हो भने समृद्ध राष्ट्र निर्माण गर्न सकिने भएकोले सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । सोही अवसरमा बोल्दै प्रदेश सभा सदस्य दधिराम न्यौपानेले सञ्चारले सरकारलाई खवरदारी गर्नुपर्ने बताउनु भयो नेकपा माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य समेत रहनु भएको नेता न्यौपानेले सञ्चार माध्यमले निष्पक्ष, सत्यतथ्य  समाचार सम्प्रेशण गर्नुपर्नेमा जोड दिनु भयो । समृद्ध राष्ट्र निर्माणको नारालाई भाषणमा मात्र नभई काम गर्ने बेला आएकोले अवको प्रदेश र केन्द्र सरकारले काम गरेर देखाउने बताउनु भयो । उहाले सञ्चार माध्यमले आमनागरिकलाई सुसचित गर्ने काम गरिरहेको बताउदै सञ्चारको विकासको लागि राज्य लाग्नु पर्नेमा जोड दिनु भयो । त्यसैगरी देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले सञ्चारको विकासको लागि स्थानीय तहले विशेष योजना ल्याउने दावी गर्नु भयो । उहाले देवदह भगवान गौतम बुद्धको मावली स्थल समेत रहेकोले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सञ्चार माध्यको महत्वपूर्ण भूमिका हुनेमा जोड दिनु भयो । रेडियो देवदहका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण नेपाल, रेडियोका सल्लाहकार एवं चन्दादाता रमेश मुनाङ्गकर्मी, सल्लाहकारद्धय मोतीलाल ढकाल, जीवलाल पराजुली, देवदह आदर्श बहुमुखी क्याम्पसका मित्रलाल न्यौपाने, नेपाल भारत मैत्री संघका वासुदेव रिमाल लगायतले बोल्दै सञ्चारको विकास र संरुक्षण सम्वद्र्धको लागि स्थानीय तहले विशेष योजा ल्याउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा रेडियोको दीगो विकासमा योगदान दिने, भवन निर्माणमा सहयो गर्ने, चन्दादाता, संस्थापक कर्मचारी लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष पौडेलले संस्थाको प्रतिवेदन, कोषाध्यक्ष प्रकाश अर्यालले आर्थिक प्रतिवेदन, भवन निर्माण समितिका संयोजक झिल्लुप्रसाद न्यौपानेले भवन निर्माणको प्रतिवेदन, महासचिव निर्मल ढुंगानाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको स्वागत, बरिष्ठ उपाध्यक्ष ऋषिराम सापकोटाको धन्यवाद ज्ञापन र महासचिव निर्मल ढुंगानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । गणपुरक संख्या नपुगेका कारण रेडियो देवदहको तेश्रो अधिवेशन स्थगित भएको छ । आगामी फागुन १२ गते गर्ने गरी अधिवेशन स्थगित भएको अध्यक्ष पौडेलले बताउनु भयो ।
 

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top