Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

भुपु सैनिक कल्याणकारी क्लव देवदह भलुहीको ९ औं बार्षिकोत्सव तथा रोहिणी महोत्सव सम्पन्न

माघ २७ । भुपु सैनिक कल्याणकारी क्लव देवदह भलुहीको ९ औं बार्षिकोत्सव तथा रोहिणी महोत्सव सम्पन्न भएको छ । क्लवका अध्यक्ष चन्द्रबहादुर रसाईलीको अध्यक्षता, संयुक्त भुतपुर्व सैनिक महासंघका सहअध्यक्ष लक्ष्मीकान्त पाण्डेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै संयुक्त भुतपुर्व सैनिक महासंघका सहअध्यक्ष पाण्डेले भुपुहरु एकता हुनु पर्नेमा जोड दिनु भयो । उहाले आफनो सम्पूर्ण जीवन पल्टनमा विताएपनि भुपुहरुले अहिले राम्रो काम गरेको बताउनु भयो । कार्यक्रममा महासंघका कोषाध्यक्ष जीतबहादुर पाईजा, देवदह–९, का वडा अध्यक्ष केशव भट्टराई, आत्मरक्षा साकोसका लेटबहादुर पनु, तारापुञ्ज साकोसका खड्कबहादुर क्षेत्री, देवदह व्यापार संघका कोषबहादुर गुरुङ्ग, पुर्वअध्यक्ष वीरबहादुर थापा, जनप्रिय माविका अध्यक्ष केशव पराजुली लगायतले आ–आफना भनाई राख्नु भएको थियो । उपाध्यक्ष निर शाहनीको स्वागत र सचिव मनबहादुर गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ON AIR

UP NEXT

Back to Top