Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

असल अभिभावकत्व हाम्रो दायित्व बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

देवदह, २८ माघ । सगरमाथा आवसीय माध्यमिक बिद्यालय देवदहले असल अभिभावकत्व हाम्रो दायित्व बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा असल अभिभावकले गर्नुपर्ने काम कर्तव्यको बारेमा सोही बिद्यालयमा अध्ययनरत बिद्यार्थीका अभिभावकहरुलाई प्रशिक्षण दिइएको थियो । कार्यक्रममा बिद्यालयका प्रचार्य कृष्णप्रसाद पौडेलले बिद्यालयमा आधुनिक तरिकाले अध्यापन गराउदै आएको बताउदै अभिभावकले पनि आफ्ना बालबालिकाको मनोभावनालाई बुझेर क्रियाकलापहरु गर्नुपर्ने बताउनु भयो  । उहाले बिद्यार्थीको पहिलो पाठशाला घर र पहिलो शिक्षक नै अभिभावक हुने हुदा असल अभिभावकले बालवालिकामा राम्रो संस्कार विकास गराउनुपर्ने बताउनुभयो  । कार्यक्रममा जेनियस एकेडमी नेपालका सि.इ.ओ कमल सिलवालले सहजिकरण गर्दै असल  अभिभावले आफ्ना नानीबाबुहरुलाई कस्तो व्यवहार गर्ने र उनीहरुबाट कस्तो अपेक्षा राख्ने र कसरी बालबालिकाको मनोविज्ञान अनुसार व्यवहार गर्ने भन्ने बारेमा चर्चा परिचर्चा गर्नु भएको थियो । सोही अवसरमा बिद्यालयका संचालक कल्पना पौडेलले देवदह क्षेत्रमै पहिलो ए ग्रेडको रुपमा स्थापित रहेको बिद्यालय सगरमाथाले बिगत ३ वर्षदेखि अभिभावक एंवम् बालवालिकाहरुलाई यस्ता प्रशिक्षणमूलक कार्यक्रमहरु गरिरहेको बताउनुभयो । कार्यक्रममा प्रशिक्षार्थी अम्बिका पाण्डेले बिद्यालयले गरेको कार्यको प्रंशसा गर्दै प्रशिक्षणमूलक कार्यक्रम फलदायी रहेको बताउनुभयो  । उहाले प्रशिक्षणमा सिकेको कुरा आफुले व्यवहारिक जीवनमा पनि लागु गरेको बताउनुभयो  । त्यस्तै अर्की प्रशिक्षार्थी सरस्वति अर्यालले यो कार्यक्रमले बालवालिका तथा अभिभावकमा आत्मबिश्वासको जग बलियो भएको बताउदै दबावरहित बातावरणमा बालबालिकाले पनि छिट्टै ज्ञान हासिल गर्ने र अभिभावकले पनि बालबालिकालाई दबाव र त्रासमा राख्न नहुने बताउनुभयो  । प्रशिक्षण कार्यक्रममा कक्षा १ देखि ४ सम्म अध्ययन गर्ने बिद्यार्थीका १ सय ५० अभिभावकहरुलाई प्रशिक्षण दिइएको थियो ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top