Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी महाशिवरात्रि पर्व

फागुन १ । आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी   महाशिवरात्रि पर्व मनाइएको छ । हिन्दू धर्मावलम्बीले बिहानैदेखि साँझसम्म नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धा भक्तिपूर्वक महादेवको पूजा–आराधना गरेका छन् । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बस्ने सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।यस दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।शिवधुनीपछि जाडो बिदा हुने जनविश्वास रहेको छ । यसै विच रुपन्देही क्षेत्र नं १ प्रदेश सांसद डा. कृष्ण न्यौपाने सहतिको टोलीले माथागढी गाउपालिकामा रहेको माथादेवी मन्दिरको अवोलकन तथा पूजा अर्चना गेरेको छ । देवदह नगरपालिका–५ मा रहेको लौकेश्वर पान्चायत मन्दिरमा शिवरात्री पर्वका अवसरमा विषेश पुजाआजा सहित धार्मिक भक्ति भजन समेत गरिएको छ । त्यस्तै गरी सितलनगरको दुर्गा मन्दिर पिपलडाँडाको महाकाली मन्दिर , प्रगतिवजारको दुर्गा मन्दिर लगाएतका मन्दिरहरुमा शिवरात्री पर्वका अवसरमा विषेश पुजाआजा गरिएको छ ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top