Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

ध्रुर्व खरेलको अध्यक्षतामा १९ सदस्यिय माथागढी विकास तदर्थ समिति गठन

फागुन १ । पाल्पाको माथागढी गाउँपालिका स्थित माथागढी मन्दिर परिषरमा माथागढी विकास तदर्थ समितीको भेला सम्पन्न भएको छ । रुपन्देहीका प्रदेश सांसद डा. कृष्ण न्यौपाने को प्रमुख आतिथ्यता तथा पाल्पा प्रदेश सांसद नारायणप्रसाद  आचार्यको बिशेष आतिथ्यतामा भेला सम्पन्न भएको हो  । भेलाले ध्रुर्व खरेलको अध्यक्षतामा १९ सदस्यिय तदर्थ समिति गठन गरेको छ । जसको उपाध्यक्षमा टिका प्रसाद काफ्ले , सचिव अर्जुन प्रसाद रेग्मी सह सचिव डासिराम पाण्डे , कोषध्यक्ष गोविन्द ठढराई , सदस्यहरुमा विर वहादुर वाह्रघरे , गणेश डुम्रे , ऋषिराम सापकोटा , मोतिलाल ढकाल कृष्ण , गुमान सिहं केसी , रमेश पोखरेल  , वेद गिरी , यज्ञ गैरे ,  दिपक ज्ञवाली , चक्रपाणी तिवारी , झिल्लु प्रसाद न्यौपाने  , वेल वहादुर ढेगा , भिम गुरुङ्ग , लेखनाथ न्यौपाने रहनु भएको छ । साथै सल्लाहकारहरुमा , प्रतिनिधी सभा सदस्य  छविलाल विश्वकर्मा , दल वहादुर राना , प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपाने ,नारायण प्रसाद आचार्य , झपेन्द्र जिसी लगाएत रहनु भएको छ । भेलाले माथागढी विकास र संरक्षण सम्वन्धि अवधारण पत्र तयार गर्नका लागि झपेन्द्र जि सीको संयोजकत्वमा जिम्मेवारी लगाएको छ  ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top