Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

ग्रामोदय आधारभूत विद्यालय माथागढी ६ गोठादि भुटुके , पाल्पाको ४३ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

फागुन १ । ग्रामोदय आधारभूत विद्यालय माथागढी ६ गोठादि भुटुके , पाल्पाको ४३ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा वोल्दै पाल्पा क्षेत्र नं १ का प्रदेश सभा सांसद नारायण प्रसाद आचार्यले विद्यालयको स्तर उन्नती साथै ग्रामोदय आधारभूत विद्यालयलाई  मावि सम्मको कक्षा संचालन गर्नको लागि पहल गर्ने वताउनु भयो । साथै रुपन्देही क्षेत्र नंं १ का प्रदेश सभा सांसद डा . कृष्ण न्यौपानेले विद्यालयको विकासको लागि समग्र माथागढीको नै विकास  गर्नु आवश्यक रहेको वताउनु भयो  । साथै देवदह नगरपालिका र माथागढी गाउपालिकाको साझा विकासको लागि आफुले पहल गर्ने वताउनु भयो  । विद्यालयका प्र अ पूर्ण प्रसाद काफ्ले ले करिव २८ लाख वरावरको आर्थिक आय व्ययको हिसाव संगै विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्नू भएको थियो । वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुलाई पुरुस्कार वितरण गर्नुको साथै विद्यालयमा विभिन्न किसीमका सांस्कृतीक कार्यक्रमहरु पनि प्रतुत गरिएको थियो ।।  विद्यालय व्यवस्थापन समितीका अध्यक्ष युव वहादुर ढाडाको अध्यक्षता र शिक्षक मिलन थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ON AIR

पुराना नेपाली सुगम संगीतहरु

UP NEXT

नेपाली बहस

Back to Top