Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

शिक्षक हरुका लागि एक दिने शिक्षण तालिम सम्पन्न

फागुन १ ।  देबदह ७ सितलनगर स्थित सगरमाथा आवसिय मा.बि सितलनगर को आयोजना मा बिद्यालय मा कार्यरत शिक्षक हरुका लागि एक दिने शिक्षण तालिम सम्पन्न भएको छ ।  एक्काइसौं शताब्दी मा प्रतिस्पर्धी बिद्यार्थी उत्पादन एबम आधुनिक प्रबिधि को उचित प्रयोग बिषयमा तालिम केन्द्रित रहेको थियो । जिनियस एकेडमी का प्रमुख कमल सिलबाल को सहजीकरण मा संचालित उक्त तालिम मा बिद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेल ले शिक्षक मा रहेको दक्षता लाई अझ निखार्दै गुणस्तरीय शिक्षा प्रदान गर्नमा तालीम महत्वपूर्ण रहेको बिचार ब्यक्त गर्नु भएको थियो ।  तालिम मा बिद्यालयमा अध्यापन गर्ने ४५ जना शिक्षक हरुको सहभागिता रहेको विद्यालयले जनाएको छ ।

ON AIR

पुराना नेपाली सुगम संगीतहरु

UP NEXT

नेपाली बहस

Back to Top