Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

वाणिज्य प्रसासन सम्बन्धि अभिमुखिकरण तथा फर्म नविकरण कार्यक्रम सम्पन्न

फाल्गुन ३ । रुपन्देहीको देवदहमा वाणिज्य  प्रसासन सम्बन्धि अभिमुखिकरण तथा फर्म नविकरण कार्यक्रम सम्पन्न भएको छ । वाणिज्य कार्यालय भैरहवाको आयोजनामा उक्त अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वोल्दै वाणिज्य कार्यालय भैरहवाका प्रमुख वेद प्रकास उपाध्यायले व्यावसायिक फर्म कसरी दर्ता तथा नविकरण गर्ने र कस्तो अवस्था खारेजी हुन्छ भन्ने वारेमा जानकारी गराउनु भएको थियो । वाणिज्य फर्म सम्वन्धि समस्या साथै स्थानिय तहमा कसरी व्यावसायिक फर्म दर्ता गर्ने भन्ने कुराहरुको वारेमा उपाध्यायले चर्चा गर्नु भएको थियो । कार्यक्रममा देवदह नगरपालिका का प्रमुख हिरा वहादुर खत्री , देवदह व्यापार संगठनका कोष वहादुर गुरुङ्ग , उद्योग व्यापार संगठनका गोविन्द ठडराई , देवदह उद्योग वाणिज्य संघका गोपाल ढकाल , व्यावसायी पितम्वर खरेल लगाएतले आफ्ना भनाई राख्नु भएको थियो । कार्यक्रम वाणिज्य कार्यालय भैरहवाका प्रमुख वेद प्रकास उपाध्ययको अध्यक्षता , शाखा अधिकृत  विष्णुप्रसाद ज्ञवालीको स्वागत र ईश्वरी  प्रसाद ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top