Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

ज्यामिरे सामुदायिक वन उपभोक्ता समूह सुनवल ७ ज्यामिरे नवलपरासी को साधारणसभा सम्पन्न

फाल्गुन ३ । ज्यामिरे सामुदायिक वन उपभोक्ता समूह सुनवल ७ ज्यामिरे नवलपरासी को साधारणसभा सम्पन्न भएको छ। सेक्टर वन कार्यालय वर्दघाटका वन कार्यालय अधिकृत जयप्रकाश यादवले कार्यक्रममा बैज्ञानिक बन ब्यवस्थापन को लागि समुहले पहल गरेर बनको विकासको लागि लाग्नु पर्ने वताउनु भयो । कार्यक्रममा समाजसेवी डोलराज चापागाईं , सल्लाहकार संयोजक टिचन गुरुङ लगएतले  आफ्नो भनाइ राख्नु भएको थियो । कार्यक्रमबाट बिधान पारित , कार्यसमिति पारित , सल्लाहकार र लेखा समिति सर्व सम्मत वाट पारित गरिएको छ । कार्यक्रममा सचिव अम्मर बहादुर विक ले हाल सम्मको करिब १० लाख वरावरको आय व्याय विवरण प्रस्तुत गर्नु  भएको वताईएको छ  । कार्यक्रम समुहका अध्यक्ष उदय गुरुङको अध्यक्षता , उपाध्यक्ष चक्रपाणी न्यौपाने र संचालन सचिव अम्मर बहादुर विक ले गर्नु भएको थियो ।

ON AIR

नेपाली बहस

UP NEXT

खबर संक्षेप

Back to Top