Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

देवदहको पर्यटकीय विकास गर्न स्थानीय तहद्वारा दीर्घकालिन गुरुयोजना निर्माण गर्नुपर्ने

फागुन ५ । देवदहलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीय तहले दीर्घकालिन गुरुयोजना निर्माण गर्नुपर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले भगवान गौतम बुद्धको मावली स्थल पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रशस्त संभावना रहेकोले पर्यटकीय गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्न सके आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउन सकिनेमा जोड दिएका थिए ।

              सृजना सामुदायिक वन उपभोक्ता समुह देवदहद्वारा यशोधरा पार्क निर्माण योजनामा सरोकारवाहरुको रायसुझाव संकलन विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनीहरुले उक्त कुरा बताएका हुन । देवदह नगरपालिकाले सृजना सामुदायिक वन क्षेत्रमा यशोधरा पार्क निर्माणको अवधारणा सहीत बजेट समेत विनियोजन गरिसकेको छ । सोही अवसरमा कार्यपत्र प्रस्तुत गर्दै समुहका अध्यक्ष कृष्णप्रसाद अधिकारीले लुम्विनी आउने पर्यटकलाई देवदहमा ल्याउन सकिए आर्थिक उपार्जन समेत गर्न सकिनेमा जोड दिनु भयो । उहाले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भौतिक पुर्वाधार विकासमा स्थानीय तहले बार्षिक रुपमा बजेट विनियोजन गर्नु पर्ने बताउनु भयो । कार्यपत्र माथि टिप्पणी गर्दै पत्रकार यम रानाले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रशस्त संभावना रहेपनि देवदह क्षेत्रमा वालबैचा, गुम्वा जस्ता भौतिक निर्माण गर्नुपर्ने बताउनु भयो । उहाले पर्यटकीय विकासका योजनालाई भाषणमा मात्र नभई कार्यान्वयनमा जोड दिनु पर्ने बताउनु भयो । सोही अवसरमा बोल्दै देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले देवदहलाई कृषि र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिका लागिपरेको बताउदै पर्यटनको पुर्वाधार विकासको लागि नगरपरिषदमा बजेट विनियोजन गर्ने दावी गर्नु भयो । उहाले हरेक काम गर्दा दीर्घकालिन ठोस योजना आवश्यक रहने बताउदै गुरुयोजना निर्माण गरी अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । नगरप्रमुख खत्रीले आगामी नगर परिषदमा देवदहलाई विकासको बाटोमा लैजान प्राथमिकताको आधारमा योजना छनोट गर्ने बताउनु भयो । समुहका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह–६, का वडा अध्यक्ष दामोदर क्षेत्री, ७ का वडा अध्यक्ष पदम थापा, नेकपा एमालेका जिल्ला सदस्य प्रकाश अर्याल, नेपाली काग्रेसका जिल्ला सदस्य वासुदेव रिमाल, माओवादी केन्द्रका चोडाप्रसाद चाागाई, राष्ट्रिय जनमोर्चाका हरि केसी, गाउ वन समन्वय सञ्जालका खेमनारायण अधिकारी, खैराज शर्मा, डिल्लीराज मरासिनी, दिपेश वस्याल लगायतले आ–आफना सुझावहरु राख्नु भएको थियो । समुहका सहसचिव सोमनाथ पौडेलको स्वागत र सचिव टिका गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ON AIR

BBC नेपाली सेवा विहानी पख

UP NEXT

पुराना नेपाली सुगम संगीतहरु

Back to Top