Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

प्रदेश ५ को सरकारले मन्त्रालय राख्नका लागि भवनको खोजी

फागुन ५ । प्रदेश ५ को सरकारले मन्त्रालय राख्नका लागि भवनको खोजी थालेको छ । हाल दरबारमार्ग लाइनमा रहेको ६ तले भवनमा ५ वटा मन्त्रालय राखिएका छन ।

             मन्त्रालय र तिनका विभागहरूका लागि थप भवन आवश्यक परेपछि प्रदेश ५ का मुख्यमन्त्री सहितको टोलीले १० वर्षअघि बन्द भएको बुटवल धागो कारखाना क्षेत्रको अवलोकन गरेको हो । २०६४ सालमा बन्द भएको धागो कारखानाका उपकरण र यसले ओगटेको जग्गा बेवारिसे बनेको छ । कारखाना सञ्चालन गर्ने वा बन्द गर्नेबारे अन्योल रहेको बेला प्रदेश सरकारले सो क्षेत्रमा मन्त्रालय राख्न सकिने बारे अध्ययन गर्ने निचोड निकालेको हो । धागो कारखानाको झण्डै १ सय ४४ रोपनी जग्गामा मन्त्रालय राख्न सकिने÷नसकिने बारे प्रदेश सरकारले विज्ञ टोली खटाएर अध्ययन गर्ने भएको छ । प्रदेश सरकारले केहीदिन भित्रै इन्जिनियरहरूको टोली खटाएर अध्ययन गर्ने प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताउनु भयो । ‘हामीले कारखाना क्षेत्रको अवलोकन ग¥यौं–चौधरीले भन्नु भयो कारखाना क्षेत्रमा मन्त्रालय राख्न उपयुक्त हुन्छ कि हुँदैन, यहाँका संरचनाहरूको अवस्था कस्तो छ, सबै अध्ययन गर्न एउटा टोली बनाउने छौं ।

 

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top