Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

नागरिकको जीवन स्तर सुधार भएमात्र समृद्ध राष्ट्र ः विश्वकर्माले

फागुन ५ । नागरिकको जीवन स्तर सुधार भएमात्र समृद्ध राष्ट्र निर्माण हुने प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ ।

                  नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहनु भएका नेता विश्वकर्माले आमनागरिकको भावना अनुसार अवको सरकारले योजना बनाउने दावी गर्नु भयो । नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाको १२ औं बार्षिक सभा तथा चौथो उपशाखा अधिवेशनको उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । नेता विश्वकर्माले विभेद रहीत समाज निर्माण गर्न रेडक्रसले अह्म भूमिका निर्वाह गरेको बताउदै रेडक्रस मानवीय सेवामा समर्पित रहेको बताउनु भयो । उपशाखाका सभापति गोपाल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेदश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपाने, नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय उपाध्यक्ष सुदर्शन नेपाल, जिल्ला सभापति प्रेमलाल उदास, जिल्ला सदस्य विमलबहादुर शाक्य, सल्लाहकार रमेश मुनाङ्गकर्मी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । उपसभापति कृष्णप्रसाद न्यौपानेको स्वागत, पुर्वसभापति मित्रलाल न्यौपानको धन्यवाद ज्ञापन र सचिव जयकिशन अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ON AIR

पुराना नेपाली सुगम संगीतहरु

UP NEXT

नेपाली बहस

Back to Top